युनेस्को सङ्ग्रहालय तथा उद्यान निर्माण गरिने
राष्ट्रिय शहीद स्मारक निर्माण स्थल गोकर्णेश्वर नगरपालिका–४ मा स्वीकृत गुरुयोजना बमोजिम युनेस्को सङ्ग्रहालय तथा उद्यान निर्माणको सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय र यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहबीच भएको सम्झौतामा चार वर्षभित्र सङ्ग्रहालय तथा उद्यान निर्माण गरिसक्ने उल्लेख छ ।
सरकारले घोषणा गरेको राष्ट्रिय शहीद तथा शान्ति एवं निजामती पार्क (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्या–पर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिअन्तर्गत सङ्ग्रहालय तथा उद्यान निर्माण गर्न लागिएको हो ।
स्मारकको १४औँ स्थापना दिवसका अवसरमा आइतबार हस्ताक्षर गरिएको सम्झौता पत्र आज स्मारक निर्माण स्थल यज्ञडोल सामुदायिक वनमा आयोजित कार्यक्रममा सार्वजनिक गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले काठमाडौँ महानगरपालिका समेतको साझेदारीमा स्मारक निर्माण स्थलमा रु छ करोडको लागतमा काम भइरहेको बताए । उद्यान निर्माणका लागि महानगरपालिकाले रु एक करोड सहयोग गरेको छ ।
स्मारक निर्माणका लागि सरकारले घोषणा गरेको १४ वर्षसम्म पनि काम सम्पन्न हुन नसक्नुमा निर्माण व्यवसायी दोषी रहेको उनको भनाइ थियो । युनेस्को सचिवालयका सहायक महासचिव डा बाबुराम अधिकारीले कोरोना भाइरसको विश्वव्यापी महामारीपछि संसारमै पूर्वीय दर्शनप्रतिको आकर्षण बढ्दै गएकाले युनेस्को सङ्ग्रहालय एवं उद्यानलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने लक्ष्य रहकै बताए ।
आयोजक संस्था यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले आयोजनाको विस्तृत परियोजना प्रस्ताव तीन महिनामा सक्नेगरी सम्झौता भएको बताए । विस्तृत परियोजना प्रस्ताव निर्माणपछि अनुमानित लागतको खाका आउने उनले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौँका सदस्य सान्नानी लामाले स्मारक निर्माण म्याद थपिएको अवधिमा सक्न सबै पक्षको सहयोग आवश्यक रहेकामा जोड दिए ।
विसं २०६८ देखि शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत रहेकौ शहीद स्मारक आयोजना २०७४ सालमा मन्त्रालय खारेजीमा परेपछि काम अलपत्र भएको थियौ ।
हाल शहरी विकास मन्त्रालयअन्तर्गत शहीद स्मारकको काम बन्दाबन्दीका बेला शुरु भएको छ । सरकारले २०६४ जेठ ११ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार स्मारक निर्माण शुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा नयाँ इलेक्ट्रिक भ्यान सार्वजनिकको तयारीमा एमएडब्लू
-
निन्द्रामा पत्नीले बारम्बार भिनाजुको नाम लिएपछि मध्यरातमै हङ्गामा
-
पोखरामा मिनी सडक महोत्सव हुने
-
चीनले भन्यो, ‘पोखरा विमानस्थल सञ्चालनमा नेपालका छिमेकीले तगारो बनाउनुको साटो सहजीकरण गर्नुपर्छ’
-
अनधिकृत रुपमा उद्योग परिसर बाहिर लेबल लगाउँदै युनिलिभर
-
महिला नेतृत्व कृषि सम्मेलन चैत १७ देखि चितवनमा