२९ कोरोना सङ्क्रमित निको भइ फर्किए घर
प्रदेश नं–२ बाट दुई दिनमा २९ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालबाट स्वस्थ भएर जेठ १० गते नौ र ११ गते १८ जना घर फर्केको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमा जानकारी गराए ।
यस प्रदेश अन्तर्गत वीरगञ्ज अस्पतालमा दुई महिलासहित ४४, गण्डक अस्पतालको आइसोलेशन कक्षमा ६ महिलासहित २७, प्रादेशिक अस्पताल जनकपुरमा दुई महिलासहित २४, रौतहटको गौरी नर्सिङ क्याम्पसको आइसोलेशनमा एक महिलासहित १८ जनाको उपचार भइरहेको छ ।
सर्लाहीको अल्पमाई रामनारायण यादव नर्सिङ क्याम्पसको आइसोलेशनमा १२ ,बाराको कलैया अस्पतालमा एक महिलासहित १३, सप्तरीको गजेन्द्रनारायण अस्पतालमा चार र सिरहाको महेन्द्र गेनाई अस्पतालमा एक जनाको उपचार भइरहेको छ । यसैबीच, आज थपिएका ५५ जना कोरोना सङ्क्रमितको स्वास्थ्यको अवस्था सामान्य रहेको छ ।
उनहरुलाई सम्बन्धित स्थलबाट पायक पर्ने कोभिड अस्पतालमा राख्ने व्यवस्था मिलाउने काम भइरहेको सचिव डा.घिमिरेले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट गोल्डकपको तयारी तीव्र
-
इलाम २ मा सम्पूर्ण ध्यान लगाउने एमाले कोशीको निर्णय
-
इलाम कांग्रेसबाट उपनिर्वाचनका लागि ७ जनाको नाम सिफारिस, आचार्यको नाम पहिलो नम्बरमा
-
डीडीसीमा १ अर्बभन्दा बढीको दुग्धजनय पदार्थ मौज्दात
-
दुर्गा प्रसाईंका अङ्गरक्षक भनिएकाको परिवारले दायर गरे बन्दी प्रत्यक्षीकरणको रिट
-
दुर्गा प्रसाईँको रिटमा सर्वोच्चले चैत १२ गते निर्णय सुनाउने