मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

हङकङबाट पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरको बिप्रेषण सेवा सुरु, पहिलो हप्ता निःशुल्क रकम पठाउन सकिने

सोमबार, १२ जेठ २०७७, १८ : ५६
सोमबार, १२ जेठ २०७७

काठमाडौं– हङकङको ख्याति प्राप्त केएमई रेमिट्यान्स लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु भएको छ । 

हङकङमा हुने नेपालीहरुले केएमई रेमिट्यान्सको सेवा प्रयोग गरि सिटी एक्सप्रेसमार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७५०० भन्दा बढि एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको  जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ । 

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र केएमई रेमिट्यान्सको तर्फबाट निर्देशक कविता गुरुङले हस्ताक्षर गरे ।

आज एक औपचारिक समारोहका बीच हङकङबाट नेपाल पठाउने पहिलो विप्रेषण कारोबार नेपालको लागि हङकङका महावाणिज्य दूत कमल प्रसाद भट्टराईद्वारा उद्घाटन गरी रेमिट्यान्स कारोबार सुरु गरिएको छ । साथै नेपाल विप्रेषण पठाउँदा १ हप्ताको लागि निशुल्क पठाउने ब्यवस्था गरिएको छ र यो ब्यवस्था ३१ मे २०२० सम्म लागु हुने कम्पनीले जनाएको छ ।

सिटी  एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो पहिचान बनाउँदै विगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरूबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरू मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप