बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा रियल टाइम मेशिन सञ्चालनमा

सोमबार, १२ जेठ २०७७, १८ : ५३
सोमबार, १२ जेठ २०७७

धनुषा । प्रदेश नं २को जनकपुरमा आजदेखि रियल टाइम पिसिआर मेशिन सञ्चालनमा आएको छ । प्रदेश सरकारले खरिद गरेको दुईवटा मेशिनमध्ये आज एउटा जनकपुरमा सञ्चालनमा आएको छ र अर्को सो मेशिन केही दिनमै राजविराजमा सञ्चालनमा आउने भएको छ ।

यो मेशिन सञ्चालनमा आएपछि अब स्वाबको नमूना परीक्षणमा तीव्रता आउने विश्वास गरिएको छ । जनकपुरमा सञ्चालनमा आएको सो मेशिनबाट एकपटकमा ९६ वटा स्वाबको नमूनाको परीक्षण हुनेछ । एक दिनमा तीनपटकसम्म परीक्षण गर्ने क्षमता सो मेशिनको छ ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले आज प्रयोगशालाको निरीक्षण गरेपछि सञ्चालनमा आएको हो । सो अवसरमा सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा.प्रमोद यादवलगायतको सहभागिता थियो ।

जनकपुरमा रियल टाइम मेशिन सञ्चालनमा आउनासाथ प्राविधिक टोली राजविराजमा जडान गरिएको अर्को मेशिन सञ्चालन गर्न प्रस्थान गरेको छ । राजविराजमा पनि एक/दुई दिनमा सञ्चालनमा आउने विश्वास गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप