मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने कार्य उच्च प्राथमिकतामा छः सरकार

सोमबार, १२ जेठ २०७७, १८ : ३९
सोमबार, १२ जेठ २०७७

काठमाडौं । सरकारले नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी आफ्ना कामकारवाही एवं गतिविधि सञ्चालन गरेको जनाएको छ । नेपाल सरकारले राष्ट्रपतिसमक्ष आज बुझाएको सरकारको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।

 संविधानअनुरुप राज्यका नीति तथा दायित्वको कार्यान्वयनको स्थिति र शासकीय सुधार एव सुशासन कायम गर्ने सम्बन्धमा भएका कामकारवाही पनि प्रतिवेदनमा समेटिएको छ । विशेष गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न सरकारले आर्थिक, सामाजिक, पूर्वाधार एव सुशासन तथा सेवा प्रवाहका क्षेत्रमा गरेको रुपान्तरणकारी कार्यको विवरण प्रतिवेदनमा समावेश गरिएको जनाइएको छ । 

नेपाल सरकारले गत आर्थिक वर्ष २०७५।०७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज पेश गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत आवमा सरकारद्वारा सम्पादित प्रमुख कार्य र हासिल भएका उपलब्धि समावेश गरिएको वार्षिक प्रतिवेदन राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपतिसमक्ष पेश गरेका हुन् ।    

संवैधानिक व्यवस्थानुरुप प्रधानमन्त्री ओलीले प्रस्तुत गर्नुभएको  गत आव २०७५।०७६ को नेपाल सरकारको वार्षिक प्रतिवेदन र सुरक्षा परिषद्को कामकारवाहीसम्बन्धी छुट्टाछुट्टै प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले प्रतिवेदनमा उल्लिखित विषयको प्रभावकारी कार्यान्वयनमा सरकार सक्षम हुने विश्वास व्यक्त गरे ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन सरकारले राष्ट्रपतिसमक्ष पेश गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसद्मा पेश गर्ने संवैधानिक व्यवस्था छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप