बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पीसीआर विधिबाट ५१ हजार ६ सय ४२ जनाको कोरोना परीक्षण

सोमबार, १२ जेठ २०७७, १७ : २३
सोमबार, १२ जेठ २०७७

सोमबारसम्म पीसीआर विधिबाट ५१ हजार ६ सय ४२ र आरडिटी विधिबाट ९५ हजार १ सय ९२ जनाको नमुना परीक्षण गरिएको छ ।

 पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ९ सय ४ र आरडिटी विधिबाट ५ हजार १ सय ६६ वटा नमुना परीक्षण भएका छन् ।

यसैगरी प्रदेश प्रदेश नम्बर १ मा १० हजार ८ सय २७, प्रदेश नम्बर २ मा ६ हजार ४ सय ६८ र बागमती प्रदेशमा २३ हजार ३ सय १३ जनाको आरडिटी परीक्षण भएको छ । 

यस्तै गण्डकी प्रदेशमा ७ हजार ७ सय १, प्रदेश नम्बर ५ मा  १६ हजार २ सय १५, कर्णाली प्रदेशमा १० हजार ५८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ६ सय १० जनाको आरडिटी परीक्षण गरिएको छ ।

अहिले प्रदेश नम्बर १ मा १ हजार ६ सय ७७, प्रदेश नम्बर २ मा ९ हजार २६, बागमती प्रदेशमा ८ सय ७८ र गण्डकी प्रदेशमा १ हजार ६ सय ८८ जना क्वारेन्टाइनमा रहेका छन् । 

यस्तै प्रदेश नम्बर ५ मा २० हजार ४ सय ६३, कर्णाली प्रदेशमा ३ हजार ९ सय ९१ र सुदूरपश्चिम प्रदेशमा ८ हजार ३ सय ६ जना गरी जम्मा ४६ हजार २९ जना क्वारेन्टाइनमा रहेका छन् । 

हालसम्म परीक्षण गरिएकामध्ये ६८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये ४ जनाको मृत्यु भएको छ । यसैगरी हालसम्म ११२ जना निको भएर घर फर्किएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप