शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुल गार्हस्थ उत्पादनमा ऋणको हिस्सा बढ्यो,  सरकारलाई ११ खर्ब ९५ अर्ब ऋण

सोमबार, १२ जेठ २०७७, १५ : ४१
सोमबार, १२ जेठ २०७७

कुल गार्हस्थ उत्पादनमा ऋणको हिस्सा बढेको छ । कुल गार्हस्थ उत्पादनमा ऋणको हिस्सा ३४.५१ प्रतिशत रहेको छ, जसमा २०.६१ प्रतिशत बाह्य ऋण रहेको छ भने १३.९० प्रतिशत आन्तरिक रहेको छ । 

यो चालु आर्थिक वर्षको तेस्रो त्रैमासको (२०७६÷७७) तथ्यांक हो । दोस्रो त्रैमाससम्म यस्तो ऋणको हिस्सा ३१.९० प्रतिशत थियो । 

कुल ऋण ८.१८ प्रतिशतले बढेको हो जसमा  बाह्य ऋण ९ .१८ प्रतिशतले बढेको छ भने आन्तरिक ऋण ६.७५ प्रतिशतले बढेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । चैत मसान्तसम्म सरकारले तिर्न बाँकी खुद ऋण ११ खर्ब ९५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । 

यसमा आन्तरिक ऋण ४ खर्ब ८१ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यस्तै वैदेशिक ऋण ७ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ ।  यसमा सरकारले २६ अर्ब ५५ करोड आन्तरिक ऋणको सावा तिरेको छ भने १४ अर्ब ५९ करोड ब्याज तिरेको छ । 
बाह्य ऋण तर्फको सावा १२ अर्ब ९८ करोड र ब्याज २ अर्ब ८० करोड रुपैयाँ भुक्तानी भएको छ ।
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप