मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनले व्यापार घाटामा कमी आयो, ९ खर्ब ४३ अर्ब रुपैयाँ बाहिरियो

सोमबार, १२ जेठ २०७७, १५ : ३४
सोमबार, १२ जेठ २०७७

कोरोनाका कारण भएको लकडाउनले आयात न्युन हुँदा देशको व्यापार घाटा साघुरिएको छ । 

व्यापार घाटा साघुरिनु राम्रो भएपनि यो व्यापार घाटा भने आर्थिक गतिविधि ठप्प हुँदाको परिणाम हो । यद्यपि, आन्तरिक उत्पादनले आयात  प्रतिस्थापन गर्नु भने  सुखद हो । तर त्यसो हुन सकेको छैन । 

चालु आर्थिक बर्षको (२०७६÷७७) १० महिना (वैशाखसम्म) सम्म आइपुग्दा १० खर्ब २५ अर्ब १३ करोड बराबरको आयात भएको छ । गत वर्षको यसै अवधिको तुलनामा यो आयात झण्डै १३ प्रतिशतले खुम्चिएको हो । गत वर्ष ११ खर्ब

७८ अर्ब १३ करोड रुपैयाँ बराबरको आयात भएको थियो । 

निर्यात भने ८२ अर्ब ६ करोड बराबरको मात्रै भएको छ । अहिले देशको व्यापार घाटा ९ खर्ब ४३ अर्ब ७ करोड छ । गत वर्ष यस्तो व्यापार घाटा १० खर्ब ९९ अर्ब रुपैयाँ थियो । व्यापार घाटा १४.२४ प्रतिशतले खुम्चिएको भन्सार विभागले जनाएको छ । 

गत चैत ११ गतेदेखि देश लकडाउनमा छ जसले अत्यावश्यक वस्तु बाहेकको आयात भएको छैन । 

अत्यावश्यक सामाग्रीको आपुर्ति भने नियमित भएको छ । लकडाउनका कारण खपत कम छ । यसैगरी चैत ४ गतेदेखि अन्तर्राष्टिय उडान समेत बन्द हुदा आयात घटेको छ । 

अत्यधिक खपत हुने पेट्रोलियम पदार्थ लकडाउनका कारण माग नभएपछि आयात पनि कम भएको छ । यस्तै खाना पकाउने ग्यास पनि होटल रेष्टुरेन्ट बन्द हुदा कम खपत भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप