
बूढानीलकण्ठमा कोरोना पुष्टि भएका युवा एम्बुलेन्स चालक

काठमाडौ । सोमबार बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ३ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका युवा एम्बुलेन्स चालक रहेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थपिएका थप ७२ जना कोरोना संक्रमित पुष्टि भएको सार्वजनिक गरेकोमा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षका युवा पनि थिए । सो नगरपालिकाका नगर प्रवक्ता नवराज भट्टराईले संक्रमण पुष्टि भएका युवाले आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोगगरेर पछिल्लो समय समस्यामा परेकाहरूलाई अस्पताल लैजाने काममा सहयोग गर्दै आएका थिए ।
नगरपालिकामा जम्मा १०१ जनाको कोरोना परीक्षण गर्दा ५९ जनाको रिपोर्ट आएमध्ये एक जनाको पोजेटिभ आएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
उनलाई सोमबारै टेकु अस्पतालको आइसोलेसनमा लगिएको नगरपालिकाले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ