बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन बेल्जियमको अध्यक्षमा दाहाल विजयी

मङ्गलबार, २० भदौ २०७४, १५ : ०३
मङ्गलबार, २० भदौ २०७४

बेल्जियम–गैर आवसीय नेपाली संघ बेल्जियमको अध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन । एनआरएनए बेल्जियमको २०१७–२०१९ दुई बर्षे कार्यकालका लागि सेप्टेम्बर ३ मा निर्वाचन भएको थियो । आफ्नो प्रतिस्पधि सन्तोष श्रेष्ठ (सुवास) लाई २ सय ४२ मतले पछि पार्दै दाहाल बिजय भएका हुन । 
बिजय दाहालले ११८३ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धि श्रेष्ठले ९४१ मत प्राप्त गरेका छन । बेल्जियम एनआरएनमा पराजित श्रेष्ठ जनसम्र्पक समिति बेल्जियमका पुर्व अध्यक्ष समेत हुन् ।  उनलाई अर्को राजनीतिक संस्था प्रवासी नेपाली मञ्चको सर्मथन रहेको थियो । उनी बेल्जियमका दुई ठुला संगठनका साझा उमेदवार हुन । श्रेष्ठले लोकतान्त्रीक समाबेशी समुहको नेतृत्व गरेका थिए ।

छैटौ अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा कमल पन्थी बिजय भएका छन ।  प्रथम उपाध्यक्षमा गोबिन्द सिंखडा निर्विरोध भएका थिए । अन्य दुई उपाध्यक्षमा योगिता थापा र  खडक केसी बिजय भएका छन । महिला उपाध्यक्षमा अनुजा प्रधान निर्विरोध चयन भएकी थिईन । 
महासचिवमा आङमाया लामा शेर्पा निर्वाचित भएकी छन । कोषध्यक्षमा रोशन गुरुङ निर्वाचित भए  ।  सचिवद्धयमा प्रेम तिमल्सिना र जिवन शर्मा निर्वाचित भएका छन् । 
 महिला सचिवमा मुना ताम्राकारmाई निर्वाचित गरेको छ । महिला संयोजकमा हरि भट्टराई, युवा संयोजकमा रविन पण्डित, कार्यकारी सदस्यहरुमा  चीज कुमार श्रेष्ठ (सिलुी सबै भन्दा बढी मत ल्याई बिजय भएका छन । त्यस्तै अन्य सदस्यहरुमा राजु घिमिरे, कुल बहादुर धर्ती, किरण पुन, दिपक न्यौपाने, आङबाबु शर्पा, मिन दोर्जे थापालाई दुई बर्षको लागि निर्वाचित गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप