शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट आएका थिए बाराका २३ कोरोना संक्रमित

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवानमा पनि कोरोना पुष्टि
सोमबार, १२ जेठ २०७७, १४ : ४०
सोमबार, १२ जेठ २०७७

रौतहट । सोमवार कोरोनाभाइरस संक्रमण पुष्टि भएका बाराका २३ जना भारतको विभिन्न सहरबाट आएको  खुलेको छ । 

 महागढीमाई नगरपालिकाको विभिन्न वडाका २१ जना र आदर्श कोतवाल गाउँपालिकामा २ जना  गरी  २३ जनामा सोमवार कोरोना पुष्टि भएको थियो ।

विभिन्न ठाउँको क्वारेन्टाइनमा रहेको अवस्थामा उनीहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि भएको बाराका सिडिओ रुद्रप्रसाद पण्डितले बताए । 

सबैजना भारतको बिभिन्न सहरमा  रोजगारीमा रहेको र लकडाउनकै क्रममा बारा आएको सिडिओ पण्डितले जानकारी दिए । 

 जेष्ठ ८ गते महागढीमाई नगरपालिकाको बबुयाईनमा रहेको कोरेन्टाइनमा ३० जना र बारागढी गाँउपालिकाको कोरेन्टाइनबाट आएका ९ जना गरि ३९ जनाको स्वाव संकलन गरि पठाएकोमा २३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ । 

अहिले संक्रमितहरुलाई छुट्टै राखेर उनीहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको नामावली संकलन भईरहेको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिए ।  

यसैगरी जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत २५ वर्षीय प्रहरी जवानमा समेत कोरोना संक्रमणको पुष्टि भएपनि उनको ठेगाना पर्सा रहेकाले संक्रमित संख्या पर्सामा देखाइएको प्रवक्ता मिश्रले जानकारी दिए । 

यसका साथै बारामा कोरोना भाइरस संक्रमितको संख्या  ३९ पुगेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप