शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नायिका वर्षा सिवाकोटी लेख्छिन्, ‘मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम–थर हेर्ने कष्ट गरिदिनुहोला’

सोमबार, १२ जेठ २०७७, १४ : १८
सोमबार, १२ जेठ २०७७

नायिका वर्षा सिवाकोटीले आफूलाई मेसेज पठाउन र कमेन्ट गर्नुअघि नाम र थर हेरिदिन आग्रह गरेकी छिन् ।

उनले सोमबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा यस्तो आग्रह गरेकी हुन् ।

उनले लेखेकी छिन्, ‘नमस्ते म वर्षा सिवाकोटी, धन्यवाद ! मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम थर हेर्ने कष्ट गरिदिनु होला ।’

उनको यो पोस्टमा धेरैले कमेन्ट गरेका छन् ।

नमस्ते म “ BARSHA SIWAKOTI “ 🙏🏻 धन्यवाद !! ( मेसेज पठाउनु र कमेन्ट गर्नु अघि नाम थर हेर्ने कष्ट गरिदिनु होला)

Posted by Barsha Siwakoti on Monday, 25 May 2020

लेख कार्की नामका प्रयोगकर्ताले लेखेका छन्, ‘भनेपछि राउतको भागको प्रसाद सिवाकोटीको भागमा पर्यो ?’

यस्तै युवराज अर्यालले लेखेका छन्, ‘राउत भनेर गाली गरे क्या ? हो, नाम थर राम्रोसँग पढेर मात्र कमेन्ट गर्नुपर्छ, तपाईंले चैं सोचेर बोल्नुहुन्छ, गाली खानुहुन्न भन्ने लाग्छ ।’

यस्तै, अर्का प्रयोगकर्ता निश्चल घिमिरे लेख्छन्, ‘२÷४ दिनलाई नाम फेर गाह्रो छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप