मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानमा पनि बढ्दै कोरोना भाइरसका संक्रमित

सोमबार, १२ जेठ २०७७, १४ : ११
सोमबार, १२ जेठ २०७७

एजेन्सी । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ५६ हजार ३४९ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ७४८  संक्रमित थपिएका बताइएको छ । 

पाकिस्तानमा संक्रमित मध्येका  १ हजार १६७ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् । वल्र्डओमिटरले जनाएअनुसार पाकिस्तानमा आइतबार मात्र ३४ जना संक्रमितको ज्यान गएको छ । 

पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् ।    

संक्रमितहरुमध्ये १७ हजार ४८२ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ३७ हजार ७०० जना संक्रमितले उपचार गराइरहेको जनाएका छन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप