शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा २४ घन्टायता ६ हजार ९७७  संक्रमित

सोमबार, १२ जेठ २०७७, १४ : ०७
सोमबार, १२ जेठ २०७७

एजेन्सी । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९७७ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ३८ हजार ८४५  पुगेको छ । 

त्यसैगरी भारतमा विगत २४ घण्टामा १५४ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ४ हजार २१ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप