शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हावाहुुरीले पोल ढालेपछि रौतहटमा विद्युत आपूर्ति बन्द

सोमबार, १२ जेठ २०७७, १३ : १८
सोमबार, १२ जेठ २०७७

रौतहट । आइतबार साँझ आएको हावाहुुरीबाट रौतहटमा दर्जनौ घरमा क्षति पुगेको छ ।

हावाहुरीले दर्जनाैं विद्युुतका पोल ढलेका छन् । विद्युत पोल ढलेपछि दुुई वटा स्थानीय तहमा आपूर्ति ठप्प भएको छ ।

हावाहुुरीले जिल्लाको पश्चिमी क्षेत्रमा बढी क्षति गरेको छ । कटहरिया नगरपालिका वडा ४ टोलापुरमा आँपको रुखले २ वटा घर थिचेको छ । रुखले घर थिच्दा मानिसहरु भने भागेर ज्यान बचाएका छन् ।

स्थानीय टोलापुरका रामदेव साह र उनका भाइ किशुन साहको घर रुखले थिचेको कटहरियाका नगरप्रमुख सियाराम कुश्वाहाले बताए  । त्यसैगरी कटहरिया १ भसेढवा वडा ४ हर्षाहा र वडा ५ बहादुरपुरमा एकदर्जन बढी घरको छाना हावाले उडाएको मेयर कुश्वाहाले जानकारी दिए ।

हावाले फतुवा बिजयपुर नगरक्षेत्र अन्तरगत दुईदर्जन बढी घरका छाना उडाएको छ । त्यसैगरी सन्तपुर दोस्तिया गाउँमा झण्डै एकदर्जन घरको छाना उडाएको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्सपेक्टर चन्द्रकिशोर साहले जानकारी दिए ।
त्यसबाहेक मौलापुर,बौधीमाई,गुजरा,देवाही गोनाहीमा पनी दर्जनौ घरको छाना उडाउनुका साथै र दर्जनौ रुख ढलेर लाखौं बराबरको क्षति भएको पीडितहरुले बताएका छन् । 

हावाहुरीले मौलापुर,बाधीमाई,देवाहीगोनाही फतुवा बिजयपुर र कटहरियाका बिद्युतको पोल ढलेको नेपाल बिद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख शक्ति साहले बताए ।
 

देवाही गोनाही र फतुवा बिजयपुर नगरक्षेत्र अन्तरगत धेरै बिद्युत पोल ढलेकाले मर्मत गर्न एक दुईदिन लाग्ने प्राधिकरण शाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप