शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युएईमा नेपालीले यसरी मनाए गौरा पर्व

मङ्गलबार, २० भदौ २०७४, १४ : ५४
मङ्गलबार, २० भदौ २०७४

 यूएई–सुदूर पश्चिम सेवा समाज युएईले सुदूरपश्चिमाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्ब गौरा पर्व भव्यताका साथ मनाएको छ । गत शुक्रबार अवुधावी फल्कलोरे थिएटरमाभएको कार्यक्रममा 
समाजका अध्यक्ष जयराज जोशी, नेपाली दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्की, बरिष्ठ देउडा गायक नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सांसद नरेन्द्रराज रेग्मी, चर्चित लोकदेउडा गायक महेश कुमार औजी, गायिका पुष्पा बोहोरा र अन्तराष्ट्रिय नेपाली सुदूरपश्चेमेली समाजका सहसंयोजक लोकेन्द्र बहादुर बम सहभागि भएका थिए ।              यूएईमा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरू, बुद्धिजीवी, ब्याबसायी, कलाकार, र पत्रकार सहभागि कार्यक्रममा बरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मीले ‘साउको ऋण बुझाउनु होइजाउ पैचोलाई र्तिरी जाउ ठाडीभाका गाएर सहभागिहरुलाई उत्साहित बनाएका थिए ।     त्यस्तै चर्चित लोकदेउडा गायक महेश कुमार औजी, चर्चित लोकदेउडा गायिका पुष्पा बोहोराले पनि देउडा गाएका थिए । कार्यक्रममा नेपालबाट आएका कलाकारहरुलाई सम्मान गरिएको थियो ।
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप