शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बारा र रौतहटमा एकै दिन थपिए ४९ जना कोरोना संक्रमित

सोमबार, १२ जेठ २०७७, ११ : ३०
सोमबार, १२ जेठ २०७७

काठमाडौं । प्रदेश २ को बारा र रौतहट जिल्लामा एकै दिन ४९ जना कोरोनभाइरस संक्रमित थपिएका छन् ।

सोमबार रौतहटमा २६ र बारामा २३ जना कोरोना संक्रमित थपिएका हुन् । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहट राजपुर फरहदवा २, ६, ८ र इशनाथ गाविसको वडा नम्बर २ का १८, १९, २२, २७, ३०, ३१, ३३, ३५, ३५, ३५, ३६, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८, ४८, ४८, ४९, ५०, ५१, ५३ वर्ष उमेर समुहका छन् ।

त्यसैगरी बाराको गडिमाई नगरपालिका तथा कलैया नगरपालिकाका १८, १८, १८, १८, १९, १९, २०, २०, २०, २४, २४, २५, २५, २५, २६, ३०, ३१, ३६, ३६, ४०, ५०, २५ र ३२ उमेर समूहका संक्रमित रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ तथा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएका परीक्षणमा उनीहरुमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप