लागुऔषध कारोबारीलाई पक्रन जाँदा गोली चल्यो, एकको मृत्यु
लागुऔषध कारोबारीलाई पक्रने क्रममा भएको झडपमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार रामगोपालपुर–७ मा भएको झडपमा प्रहरीले हवाई फायर गर्दा स्थानीय १६ वर्षीय राजन यादवको मृत्यु भएको हो ।
प्रहरीका अनुसार लागुऔषध कारोबारी सुरेन्द्र यादवलाई पक्राउ गर्न जाँदा यो घटना भएको हो । यादवलाई पक्राउ गर्न सादा पोसाकका प्रहरी ग्राहक बनेर ससौलास्थित बाँस झ्याङमा पुगेका थिए । त्यहाँ यादवसहित आठ जनाको समुह रहेको थियो ।
उनीहरुलाई प्रहरीले पक्राउ गर्ने प्रयास गर्दा ‘डाँका आयो’ भन्दै गुहार मागेपछि स्थानीयहरु हतियारसहित त्यहाँ पुगेका थिए । त्यसपछि भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्न परेको एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
प्रहरीले ६ राउन्ड हवाई फायर गरेको र सोही गोली लागेर राजन यादवको मृत्यु भएको प्रहरीको दाबी रहेको छ ।
प्रहरी लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ गरेको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने