भक्तपुरमा सामूहिक बलात्कार, एक जना पक्राउ
भक्तपुर - महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । भने अन्य चार जना फरार भएका छन् ।
जेठ ८ गते मध्यपुर थिमि नगरपालिका वडा नं. ६ पुरानो थिमिमा बस्ने २२ वर्षको रोहित गिरीले २० वर्षकी महिलालाई आर्थिक प्रलोभनमा पारी आफ्नो कोठामा ल्याएको प्रहरीले जानकारी दिएको छ ।
गिरीले युवतीलाई कोठामा ल्याएर पहिला आफूले जबरजस्ती करणी गरेको र कोठाबाट भाग्न उम्किन नदिई साथीहरुलाई बोलाएको पीडित युवतीले प्रहरी समक्ष बताएकी छिन् ।
गिरीले अन्य ४ जना साथीलाई समेत आफ्नो कोठामा बोलाई सबैले पालैपालो रातभरी करणी गरी भागेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले बताएका छन् ।
प्रहरीले ९ गते पीडित महिलाले महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी गरेपछि हुलिया र विवरणका आधारमा निजहरु भाग्न उम्किन सक्ने सम्पूर्ण स्थानहरुमा खोजतलास गरेको थियो ।
काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका. स्थायी घर भई मध्यपुरथिमि नगरपालिका वडा नं. ६ पुरानो थिमी बस्ने बर्ष २९ को कवाङ लामालाई प्रहरीले पक्राउ गरेको हो ।
लामा पुरानो थिमीमा लुकीछिपी बसेको अवस्थामा ९ गते पक्राउ गरी ११ गते भक्तपुर जिल्ला अदालतबाट दिन १० को म्याद थप गरि थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी डीएसपी गिरीले बताए ।
फरार रहेका रोहित गिरी लगायतको खोजी कार्य भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा
-
खैरो हेरोइन कारोबारीसहित दुई जना पक्राउ
-
आईपीएलमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने धोनीपछि दोस्रो खेलाडी बन्दै छन् रोहित शर्मा
-
विद्यालयमा नमाज पढ्न पाउने माग बेलायती उच्च अदालतद्वारा अस्वीकार
-
प्राकृतिक तथा मानव निर्मित सम्पदा संरक्षण र प्रवर्धन गरे मात्र सभ्यता जोगिने
-
दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्त्वपूर्ण छ : अर्थमन्त्री पुन