संसारको सबैभन्दा गहिरो सुन खानीमा बन्द भयो काम
सोमबार, १२ जेठ २०७७, ०६ : ४३
कोरोनाभाइरसको १६४ संक्रमित फेला परेपछि दक्षिण अफ्रिकाको पोनेन्ग सुन खानीको काम बन्द गरिएको छ । पोनेन्ग संसारको सबैभन्दा गहिरो सुन खानी हो ।
एक महिना बन्द भएपछि यो खानीमा गत महिना मात्रै काम सुरु भएको थियो । कोरोनाभाइरसको फैलनबाट रोक्नका लागि देशमा मार्चमा लकडाउन गरिएको थियो । त्यतिबेला देशका सबै सुन खानीमा काम बन्द भएको थियो ।
अहिले पनि जुन संक्रमित भेटिएका छन्, उनीहरुमा कोरोनाका कुनै पनि लक्षण देखिएको छैन ।
कम्पनी एंग्लोगोल्ड अशान्तिका अनुसार सबैलाई आइसोलेशनमा राखिएको छ । कम्पनीले गत हप्ता कोरोनाको पहिलो संक्रमित भेटिएपछि ६५० कर्मचारीको परीक्षण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ