शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

आइतबार, ११ जेठ २०७७, २३ : २७
आइतबार, ११ जेठ २०७७

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ । पहिलो दिनको सुनुवाई करिब एक घण्टा भएको इजरायली अधिकारीले बताएका छन् ।सुनुवाईका क्रममा नेतन्याहुले आफ्नो पहिचानका बारेमा पुष्टि गर्ने खालका धारणा मात्र राखेका छन् । त्यसपछि अदालतले सुनुवाईलाई स्थगित गरेको थियो ।

इजरायली राजनीतिमा अनुभवी नेता नेतन्याहुको पक्षमा वकालत गर्ने टोलीले प्रमाण समिक्षा गर्नका लागि प्रशस्त समयका लागि अनुरोध गरेका बताइएको छ । अदालतले अर्को सुनुवाईकाको लागि मिति निर्धारण नगरिकन सुनुवाईलाई स्थगित गरेको छ । 

उनीमाथि पदीय मर्यादा विपरी घुस, धोखावाजी र विश्वासको उल्लङ्घन गरी भ्रष्ट आचार देखाएको आरोप लगाइएको छ । करिब एक वर्षको राजनीतिक विवादलाई सल्टाउँदै उनी गठबन्धन सरकारको प्रधानमन्त्री बनेको केही दिनपछि भएको सुनुवाईका लागि उनी सरकारी सुरक्षा गार्डसहित शानदार तरिकाले अदालत परिसर पुगेका थिए ।

सुनुवाईका लागि अदालतमा प्रवेश गर्नु पहिले प्रधानमन्त्री नेतन्याहुले भने, ‘म सुनुवाईका लागि उच्च शीर बनाएर आएको छु । किनकि ममाथि लगाइएका आरोपहरू गलत छन् । जनताले यसको निर्णय मलाई प्रधानमन्त्रीका रूपमा पठाएर दिइसकेको छन् । अदालतले ढिलोचाँडो यसको अनुमोदन गर्नेछ ।’

उनले सबै कुरालाई छाँटकाँट वा सम्पादन नगरी प्रत्यक्ष प्रशारण गर्न र सर्वसाधारण नागरिकलाई जानकारी दिन आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप