शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाँकेमा थपिए कोरोना संक्रमित, चपेटामा पर्दै बर्दिया

आइतबार, ११ जेठ २०७७, २१ : ४३
आइतबार, ११ जेठ २०७७

बाँकेमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेमा ४ र बर्दियामा एक गरि थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका ४ जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

प्रतिष्ठानका कामु रजिष्टार कैलाशप्रसाद देवका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको देवले जानकारी दिए ।

त्यस्तै, बर्दियाको बासगढी नगरपालिका–९ का २५ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । 

बाँकेसँगै क्रमशः बर्दिया पनि कोरोना संक्रमणको चपेटामा पर्दै गएको छ । बर्दियाका धेरै स्वाब नेपालगञ्जस्थित प्रयोगशालामा परीक्षण भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप