बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सीमानाका प्रवेशमा हुँदैन स्वास्थ्य जाँच : सुदूरपश्चिममा बढ्यो कोरोनाको खतरा !

आइतबार, ११ जेठ २०७७, २० : ०५
आइतबार, ११ जेठ २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) को  खतरा बढेको छ । सुदूरपश्चिमका  खुल्ला सीमा नाका र अवैध नाका प्रयोग गर्दै भारतबाट नेपाली नागरिक हजारौँको संख्यामा स्वास्थ्य परिक्षण नगरि प्रवेश गर्न थालेपछि सुदूरपश्चिम प्रदेशमा कोभिड १९  खतरा बढेको हो ।

भारतबाट नेपाल प्रवेश गर्ने नागरिकमा कोभिड- १९ को संक्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेशमा खतरा बढेको भन्दै स्थानीयहरु चिन्ता देखिएका छन् । भारतबाट आउने नेपालीबाट संक्रमणको खतरा बढन थालेको र  नागरिकलाई सीमा नाका प्रवेश गराउँदा व्यवस्थित हुनुपर्ने स्थानीय बिष्णु अवस्थीले रातोपाटी लाई जानकारी दिए ।

शनिबार मात्र भारतबाट प्रवेश गरेका बैतडी जिल्ला शिवनाथ गाउपालिका बस्ने वर्ष २०, २०, २२ र २७ का ४ जना लाई कोभिड १९ को पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए । 

योसँगै सुदूरपश्चिममा १४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भइसकेको छ । यसमा यसअघि ५ जना निको भई घर गइसकेको उनले बताए । भारतबाट आएका  १९ जनामा आरडिटी पोजिटिभ देखिएको छ भने उनीहरुको पिसिआर जाच भइरहेको उनले बताए ।

उनले यसअघि नै यो प्रदेशमा काभिड-१९ को जोखिम बढ्ने कुरा आकलन गरेको बताए । नेपाल सरकारले नाका बन्द गर्ने कुरा कागजमा मात्र सीमित राखेको बताउँदै यसरी जथाभावी भारतबाट नेपाली आउन नरोकिए सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ को भयावह स्थिति पैदा गर्ने कार्कीले बताए ।

कैलालीको त्रिनगर भन्सार नाका , कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला नाकाबाट स्वास्थ्य जाच नगरी केही दिन यता हजारौँको संख्यामा भारतबाट नेपाली नागरिक प्रवेश गर्न थालेको जनाइएको छ ।

बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला नाका वाट ३ हजार ४०० जना नेपाली भारतबाट नेपाल प्रवेश गरेका छन् । 

बैतडीको अवैध नाका पञ्चेश्वर शिवनाथ र दार्चुलाको जोगविनी नाका प्रयोग गर्दै ३०० जना नेपाली प्रवेश गरेका छन् । 
 
कैलालीको त्रिनगर भन्सार नाका वाट १० हजार नेपाली नेपाल प्रवेश गरेका छन् भने कञ्चनपुरको गड्डाचौकी नाका वाट  ६५ हजार नेपाली नागरिक प्रवेश गरेका छन ।

सबैभन्दा बढी गड्डा चौकी नाका हँुदै प्रवेश गर्ने गरेको कन्चनपुर जिल्लाका  सहायक प्रमुख जिल्ला अधिकारी  गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए । 

केही दिन पहिला बर्मदेव नाका भएर ५ सय ५७ जना नेपाली नागरिक ३८ जिल्लाका प्रवेश गरेका थिए । प्रवेश गर्नेको स्वास्थ्य चेक जाँचलाई बढाउनु पर्ने र रेकर्ड म्यानेज पनि अनिवार्य भएको उनले बताए ।

बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले नेपाली नागरिक अन्धाधुन्ध नेपाल प्रबेश गर्न थाले पछि चुनौती थपिएको बताए । 

नेपाल सरकारले १५ दिनको एक चोटी सिमानाका खोल्ने व्यवस्था गर्नु कार्कीले पर्ने बताए । त्यसपछि प्रवेश गर्ने नागरिकलाई व्यवस्थापन गर्न सजिलो हुने उनले बताए ।
 
कार्कीले भने, बैतडी नाकाबाट हालसम्म २ हजार ५१४ जना भित्रिएका छन् । हिजो मात्र कैलालीको त्रिनगर भन्सार नाका वाट बैतडीका मात्र  १६०० नागरिक भित्रिएका छन् ।

भारतमा राम्रो व्यवस्थापन भएका कोही नागरिक पनि प्रवेश गरेको उनले बताए । 

जो कोही यसरी अन्धाधुन्ध प्रवेश गर्नुले सुदूरपश्चिम प्रदेशमा समस्या नहोला भन्न सकिन्न,  उनले भने ,तर पनि सकि नसकि अहिले सम्म व्यवस्थापन गरि रहेका छौँ । अझै १८०० नागरिक क्वारेन्टाइनमा छन् उनीहरुलाई चेक जाँच गर्ने आरडिटी किट पनि सकियो । ६०० जना नेपाली फेरी नाकामा आएका भन्ने छ  उद्धारका लागी स्थानिय निकाय सम्म कुरा गरिरहेका छौँ । 

चुनौती धेरै रहेको भन्दै पिसिआर कीटका लागि संघीय सरकार र  आरडिटी कीटका लागि प्रदेश सरकार संग आग्रह गरेको कार्कीले बताए । भारतबाट आएका कोभिड-१९ का शंकास्पद ३४ जना नागरिकलाई जिल्लाका विभिन्न अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा २ , टिकापुर अस्पतालमा ३, अछामको बयलपाटा अस्पतालमा ३, जिल्ला अस्पताल बैतडीमा ४ , डोटी र डडेल्धुरा अस्पतालमा २ गरी जम्मा ३४ जना व्यक्तिलाई रहेको मन्त्रालयले जनाएको छ ।

विदेशबाट र संक्रमित क्षेत्रबाट आएका व्यत्तिहरु १४ दिन अनिवार्य क्वारेन्टाइनमा बसी परिक्षण नेगेटिभ आए ७ दिन होम कवारेन्टाइनमा बस्न अनुरोध गर्ने गरेको मन्त्रालयले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप