अलपत्र नेपालीलाई तत्काल स्वदेश ल्याउन सरकारलाई समितिको निर्देशन
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिले विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपालमा ल्याएर उचित व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती’को सभापतित्वमा बसेको बैठकले सो निर्देशन दिएको हो ।
बैठकमा १०९ मुलुकमा ३४ लाख ५९ हजार ३ सय ७३ नेपाली रहेका प्रारम्भिक तथ्याङ्कका आधारमा काम भइरहेको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिएका थिए। उनले यो तथ्याङ्क केही घटबढ हुनसक्ने बताए ।
विदेशमा रहेका नेपालीहरुको सन्दर्भमा तत्काल आवश्यकता र समस्या पहिचान गरी प्राथमिकताको आधारमा स्वदेश ल्याउने तयारी भइरहेको उनले बताए । उनले पहिलो चरणमा २४ देखि २५ हजार नेपालीलाई ल्याइने जानकारी दिए ।
राष्ट्रिय सरोकार समितिले ६४ औं बैठक सम्पन्न गरिसकेको छ । विभिन्न सरोकारका विषय उठाउँदै कार्यान्वयन गर्न सरकारलाई समितिले निर्देशन दिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर