बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्रियशन र कोकाकोलाद्वारा नेपालका ३२०० वेस्ट वर्करहरुलाई राहत वितरण

आइतबार, ११ जेठ २०७७, १७ : २५
आइतबार, ११ जेठ २०७७

काठमाडौं— नेपालमा कोकाकोलासँगै क्रियशनले वेस्ट वर्कर इमर्जेन्सी रिलिफ प्रोजेक्ट (डब्लुडब्लुइआरपी) नामको संयुक्त पहलको घोषणा गरेको छ ।

जसको लक्ष्य जोखिममा रहेका वेस्ट वर्करहरु र उनीहरूका परिवारहरूलाई भाइरसको नकारात्मक असरबाट बचाउन सहयोग पुर्याउन जागरूकता, सुरक्षा सामग्रीहरू र राहत सामग्रीहरू प्रदान गर्ने रहेको छ । यो परियोजना कोकाकोलाको कोभिड—१९ बिरूद्ध लड्न रु ८ करोड सहयोग गर्ने प्रारम्भिक प्रतिबद्धताको एक हिस्सा हो ।

यस परियोजनाको पहिलो कार्यक्रम १५ मे २०२० मा काठमाडौंको बुढानिलकण्ठ स्थित वुमन फर ह्यूमन राइटमा आयोजना गरिएको थियो जहाँ १५० वेस्ट वर्करहरुलाई सुरक्षा सम्बन्धी जागरूकतासँगै राहत सामग्री वितरण गरिएको थियो ।

हालसम्म ४ राहत कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन भइसकेका छन् जसले ४६० वेस्ट वर्करहरूलाई प्रत्यक्ष लाभान्वित गरेको छ । तिनीहरूलाई सुरक्षा र जागरूकता कार्यक्रम, खाद्यान्न राहत प्याकेज र महिलाहरूको लागि डिग्निटी किट प्रदान गरिएको थियो जसमा प्राथमिक आवश्यकता सुनिश्चित गर्न र उनीहरूको आजीविका सुरक्षाको लागि वातावरण मैत्री र पुनः प्रयोग योग्य सेनेटरी प्‍याडको साथसाथै व्यक्तिगत स्वच्छता सामग्रीहरू जस्तै साबुन, डिटर्जेन्ट्स, पञ्जा र आवश्यक औषधिहरू प्रदान गरिएको थियो ।

यसबाहेक, मे २५ तारिखको राहत कार्यक्रममा १०० जना अग्रपङ्तिमा रहेका वेस्ट वर्करहरुलाई रक्षात्मक गाउन र सुरक्षा सामग्रीहरू प्रदान गरिने बताइएको छ ।

डब्लुडब्लुइआरपी प्रोजेक्ट वुमन फर ह्युमन राइट, डोको रीसाइकल, ब्लू वेस्ट टू भ्यालु, नेप्सेम्याक र हिमालयन क्लाइमेट इनिसियटिभ (एचसीआई) का संयुक्त सहयोग हो जसले परियोजनाको व्यापक पहुँचका लागि आफ्नो सञ्जालमा रहेका वेस्ट वर्करहरुको सूची प्रदान गरेका थिए ।

यो पहलको उद्देश्य संकटको वर्तमान अवस्थामा ३२०० वेस्ट वर्करहरु र उनीहरुका परिवारजनसम्म पुग्दै उनीहरुका सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्ने हो जहाँ २५०० भन्दा बढि वेस्ट वर्करहरु प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । उक्त परियोजना काठमाडौं, कीर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, लहान, सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा सञ्चालन गरिनेछ ।

यस पहलका बारेमा क्रियशनका स्थापक तथा अध्यक्ष आनन्द मिश्राले भने, ‘द कोकाकोला फाउण्डेशनको सहयोगमा यस पहलमार्फत वेस्ट वर्करहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन हामी प्रतिबद्ध छौं ।’

वुमन फर ह्यूमन राइटकी स्थापक लिली थापाका अनुसार वेस्ट वर्करहरु पनि अन्य व्यवसायहरु जत्तिकै अग्रपंक्तिमा रहेका छन् र व्यक्तिगत स्तरबाट हामी कम्तिमा आफ्नो घरको फोहोर फाल्नु अघि बेग्लाबेग्लै छुटाइदिन सकिन्छ । यसबाहेक, यस्ता पहलहरू सामूहिक एकताबद्ध र उनीहरुको कामप्रति सम्मान देखाउने उत्तम तरिका पनि हो ।

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘कोभिड—१९ महामारीले निकै चुनौतिपूर्ण समय निम्त्याएको छ । हामी सबै यो मुस्किल परिस्थितिको सामना गरिरहेको बेला अग्रपङ्तिमा काम गरिरहेका र महामारीका कारण जोखिममा रहेका वेस्ट वर्कर समुदायलाई यो निकै गार्हो भएको छ । हाम्रो निष्कपट सहयोगमार्फत हामी उनीहरुले कोरोना भाइरसको नकारात्मक परिणामहरू भोग्नु नपरोस् भनेर सुरक्षा र उनीहरुको जीविकोपार्जनको रक्षा गर्न प्रयासरत छौं । यो कोभिड—१९ महामारीको लडाइमा हामी उनीहरुका साथमा छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप