शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटमा पनि भेटिए कोरोना संक्रमित

आइतबार, ११ जेठ २०७७, १५ : ४५
आइतबार, ११ जेठ २०७७

काठमाडौं । नुवाकोटमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ककनी गाउँपालिका वडा नम्बर ३ का एक युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको सो गाउँपालिकाका अध्यक्ष मानबहादुर तामाङले रातोपाटीलाई जानकारी दिए । 
ती संक्रमितलाई काठमाडौं पठाउने तयारी भइरहेको  अध्यक्ष तामाङले जानकारी दिए । 

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा जेठ ६ गते कोरोना परीक्षणका भएको थियो ।  जसमा अरुको रिपोर्ट नेगेटिभ आएपनि उनको भने पोजेटिभ आएको हो । 

काठमाडौं महानगरपालिकाले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा परीक्षण सिसडोलमा उनीहरुको स्वाब संकलन गरेको थियो । 
 

ल्याण्डफिल साइट नजिक रहेको स्वास्थ्य चौकीमा ३२० जना र भवानी माविमा १५२ जना गरी ४७२ जनाको कोरोना परीक्षण गरिएको थियो । 

कोरोना संक्रमणको उच्च जोखिममा आफूहरु रहेको र कोरोना परीक्षणको माग गर्दै अवरोध भएपछि उनीहरुको स्वाब संकलन गरिएको थियो । 

नुवाकोटमा कोरोना संक्रमण पुष्टि भएको पहिलो पटक हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप