डिसहोममा आजदेखि फिल्म ‘धुलो’ प्रदर्शन
आइतबार, ११ जेठ २०७७, १५ : १६
काठमाडौं । गत वर्षको फागुनमा सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘धुलो’ डिसहोमबाट पनि रिलिज भएको छ । लकडाउनका कारण घरमै बसेकाको लागि समय बिताउन सजिलो होस् भन्ने हेतुले फिल्म आइतबारबाट डिसहोममा रिलिज गरिएको हो ।
रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको फिल्म प्रद्युम्न मिश्रले निर्देशन गरेका हुन् ।
बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्कीको मुख्य भूमिकामा रहेको फिल्ममा नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवा विशेष भूमिका छ ।
सिके वाग्लेको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल हुन् । सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा रामजी लामीछानेले कोरियोग्राफी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा