बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित

आइतबार, ११ जेठ २०७७, १४ : ३१
आइतबार, ११ जेठ २०७७

काठमाडौं । आइतबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

 कोरोेना रोकथाम तथा नियन्त्रणमा भइरहेको कार्यप्रगति र आगामी दिनमा अपनाउनुपर्ने भूमिका र बजेटका विषयमा छलफल गर्न आइतबार बिहान अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद् बैठकको समय तय गरेर त्यही अनुसार मन्त्रीहरुलाई खवर गरिएको थियो । तर, दिउँसो फेरि आजको बैठक सोमबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको सूचना आएको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । तर किन बैठक सारियो भन्नेबारे खुलाइएको छैन । 

अब बस्ने मन्त्रिपरिषद बैठकमा खासगरी विदेशमा रहेका नेपालीहरुलाई कसरी स्वदेश ल्याउने भन्नेमा निर्णय हुने अपेक्षा गरिएको छ ।

 कोरोेनाका कारण भारत लगायतका मुलुकमा धेरै नेपालीहरु समस्यामा परेका छन् । उनीहरु नेपाल आउन चाहेपनि सरकारले उनीहरुलाई कसरी ल्याउने र कस्तो व्यवस्थापन गर्ने भन्ने निर्णयमा पुगिसकेको छैन ।

 त्यस्तै आगामी जेठ १५ गते संसदमा पेश गर्ने बजेटका बारेमा समेत केही छलफल गर्नुपर्ने भएकाले त्यसमा समेत छलफल हुने बताइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप