सिटी एक्सप्रेस मनी ट्रान्सफरका कर्मचारीको पनि कोरोना बीमा
काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले हाल कार्यरत सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा गरेको छ ।
यस्तो विषम परिस्थितिमा विपे्रषण सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा कोभिड–१९सम्बन्धी सुरक्षण विधी अपनाएर दैनिक कार्यमा खटिरहेका छन् । त्यसैलाई ध्यानमा राखेर सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना कर्मचारीको कोरोना बीमा गराएको जनाएको छ ।
लकडाउनको समयमा प्रायः सबै कम्पनीका कर्मचारीहरुले घरमै बसेर आफ्नो कामहरु गरिरहेका छन् । तर, विपे्रषण सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्ने हुदाँ नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आवश्यक कर्मचारीहरु मार्फत कार्यालयबाट विपे्रषण सेवा प्रदान गरिरहेको छ ।
यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि यस्तो बीमा गरिएको कम्पनीले जनाएको छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने
-
सात जिल्लामा हात्तीपाइले औषधि खुवाइने
-
टोपबहादुर सहितका प्रतिवादीको निवेदनमाथि सुनुवाइ पूरा