केन्द्रीय संस्करण

विवाद चुलिएपछि वर्षाले मागिन् माफीः भन्छिन्, ‘जिब्रो चिप्लियो होला’

person explore access_timeजेठ ११, २०७७ chat_bubble_outline0

नेपाल–भारतबीच​को सीमा विवादबारे दिएको बयानका कारण विवादास्पद बनेकी वर्षा राउतले माफी मागेकी छिन् ।

वर्षाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टेटस लेखेर अन्तरवार्तालाई लिएर जुन हो–हल्ला भयो, त्यसले आफूलाई भावनात्मक ठेस् पुगेको बताएकी छिन् ।

उनले आफू भावुक स्वभावको भएकोले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढै बस्न खोज्ने बताउँदै भनेकी छिन्, ‘प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताको सम्मानमा अलिकति पनि चुकेकी छैन, अलिकति पनि तलमाथि परेकी छैन ।’

उनले आफूलाई नेपाली हुनुमा गर्व भएको बताउँदै लेखेकी छिन्, ‘ संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र ? त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गीकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ ।’

 


 

नेपाल सरकारले जारी गरेको नयाँ नक्साको समर्थनमा आफू अग्रपंक्तिमा उभिन तयार भएको पनि उनले बताएकी छिन् । यसबारे उनी लेख्छिन्, ‘ हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिक मात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ । समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगाढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटी(बेटी सम्बन्धको, र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानवता र मानव धर्मको । यस्तो संवेदनशील समयमा भड्काउ तत्वहरुले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् – जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ । ’

उनले अब आइन्दा हेक्का राखेर बोल्ने पनि बताउँदै यस्तो परिस्थिती खडा भएकोमा क्षमासमेत मागेकी छिन् ।

 

सम्पूर्ण आदरणीय दर्शक तथा शुभचिन्तक साथीहरूमा नमन । कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु त्यसैले सकेसम्म कुनै...

Posted by Barsha Raut on Saturday, 23 May 2020

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.