सँगै तर टाढा : तस्विरमा हेर्नुहोस् महामारीपछि बदलिएको रेस्टुरेन्टको तरिका
कोरोनाभाइरसको महामारीले हाम्रो दैनिक जीवनका धेरै कुराहरु बदलिएको छन् । भाइरसको संक्रमण नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण विश्वको ठूलो जनसंख्या घरभित्र बस्न बाध्य छन् । कार्यालयहरु बन्द रहेका कारण धेरै आफ्नो घरबाटै काम गर्दै आइरहेका छन् । मजदुर तथा गरिब वर्गको जीवन झनै कष्टकर बनेको छ ।
जहाँ लकडाउन छैन, त्यहाँको जीवन पनि सामान्य छैन । त्यहाँ कडाइका साथ सामाजिक दुरीको नियम लागू गरिएको छ । विशेष गरेर रेस्टुरेन्टहरुमा सामाजिक दुरीका नयाँ नियमहरु लागू गरिएको स्पष्ट देख्न पाइन्छ । रेस्टुरेन्टहरुलाई साथीभाइ भेटघाट गर्ने, कुराकानी गर्ने, सँगै समय बिताउने स्थानका रुपमा चिनिन्थ्यो । अहिले पनि रेस्टुरेन्टमा मानिसहरूसँगै नै जान्छन् । तर, पहिलेजस्तो उनीहरु सँगै हुँदैनन् । सँगै भए पनि टाढा राखिन्छन् । यसलाई अहिले ‘नयाँ सामान्य’ भनेर व्याख्या गरिन्छ । तस्विरमा हेर्नुहोस् रेस्टुरेन्टहरुको बदलिएको तौरतरिका :
सबै तस्विर रोयटर्सबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा