बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बायर्नलाई चार अंकको अग्रता

आइतबार, ११ जेठ २०७७, ०७ : ४६
आइतबार, ११ जेठ २०७७

जर्मन बुन्डेस लिगाको शीर्ष स्थानमा बायर्न म्युनिखले चार अंकको अग्रता बनाएको छ । शनिबार भएको खेलमा इन्ट्राच्ट फ्रांकफर्टविरुद्ध ५–२ को सहज जीत निकाल्दै बायर्नले शीर्ष स्थानमा पकड बलियो बनाउन सफल भएको हो ।

खेलको १७ औँ मिनेटमा लियोन गारेट्ज्काले बायर्नलाई अग्रता दिलाए भने पहिलो हाफको अन्त्यतिर थोमस मुलरले अग्रता दोब्बर बनाए । बायर्नका लागि २३२ खेलमा मुलरको यो ११७ औँ गोल थियो । यसक्रममा उनले ११६ गोलको अवसर पनि सिर्जना गरेका छन् ।

दोस्रो हाफको सुरुवातमा नै रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता फराकिलो बनाए । तर, तीन मिनेटमा अन्तरालमा मार्टिक हिन्टेरगरले दुई गोल गर्दै खेल ३–२ को अवस्थामा ल्याए ।

खेलको ६१ औँ मिनेटमा अल्फोन्सोले डेभिडले फ्रांकफर्टको पुनरागमनको आशालाई तुहाउँदै बायर्नलाई पुनः २ गोलको अग्रता दिलाए । फ्रांकफर्टका लागि नायक बनेका हिन्टेरगरले खलनायक बन्दै आत्मघाती गोल गरेपछि बायर्नले खेल ५–२ ले आफ्नो पक्षमा पार्न सफल रह्यो ।

२७ खेलपछि बायर्नको ६१ अंक रहेको छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डको ५७ अंक रहेको छ । शनिबार नै भएको खेलमा डर्टमन्डले वुल्फ्सवर्गलाई २–० ले हरायो । अन्य खेलमा बायर लेभरकुसनले बोरुया मोचेनग्लाडबाचलाई ३–१ ले हरायो भने वेडर ब्रेमनले फ्रिबर्गलाई १–० ले पराजित ग-यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप