बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को

आइतबार, ११ जेठ २०७७, ०६ : ३४
आइतबार, ११ जेठ २०७७

काठमाडौं – भारतमा कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमण निरन्तर बढिरहेको र बन्दाबन्दीकाबीच पनि भारतले रेल सेवा सञ्चालनमा ल्याइएकाले भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को लाग्ने गरेको छ । शनिबार मात्र विभिन्न सीमानाकाबाट नेपाल भित्रिने नेपालीको सङ्ख्या सयौँ  रहेको छ ।

हाम्रा भैरहवा समाचारदाता लक्ष्मण पौडेलका अनुसार भारतीय क्वारेन्टाइनमा १४ दिनभन्दा बढी समय बिताएका एक हजार दुई सय नेपाली बेलहिया नाका हुँदै नेपाल भित्रिएका छन् । 

क्वारेन्टाइन अवधि पूरा गरेपछि उनीहरू दसगजामा अलपत्र परेका थिए भने स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै बेलहिया नाकामा शुक्रबार नाराबाजी गरेका थिए ।

भारतमा अलपत्र परेपछि स्थानीय प्रशासन र विभिन्न पालिकाको सक्रियतामा शुक्रबार राति उनीहरूलाई नेपाल भित्र्याइएको हो । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले उनीहरूलाई क्वारेन्टाइनमा राख्ने गरी स्वदेश ल्याइएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप