केन्द्रीय संस्करण

इन्द्रासन पाउँदा पनि शासनको मातले बुद्धि–विवेक हराएका राजा नहुष

person explore access_timeजेठ ११, २०७७ chat_bubble_outline0

सत्तालिप्साका कारण बुद्धि बिग्रेर कुनै एक समय देवराज इन्द्रले एक विद्वान् व्रह्मनिष्ठ व्यक्तित्वको हत्या गरे । उनको यो दुष्कर्मको संसारले निन्दा गर्‍यो । इन्द्र स्वयम् पनि लज्जित भए । गम्भीर आत्मसमीक्षा गरे । त्यस युगमा इज्जतदारका लागि जनस्तरबाट गरिने निन्दा र भत्सर्ना पनि मृत्युदण्ड बराबरकै दण्ड मानिन्थ्यो । शासकहरु यस्ता कुरामा सचेत रहन्थे । अति उत्कट लोभलालसाका कारण आफूबाट यति ठूलो अपराध भएपछि जनदण्डलाई स्वाभाविक मान्दै इन्द्रले थप आत्मसमीक्षा गरे । समीक्षा गर्दा आफूले आफैँलाई दण्ड दिनु पनि आवश्यक ठानेर इन्द्रले आफूलाई कठिन तपस्यामा तपाउन र शुद्ध हुन भूमिगत हुनु उचित रहेको ठहर गरे । यसपछि परिवार लगायत कसैलाई पनि थाहा नदिई इन्द्र कुनै एक रात दरबारबाट सटुक्क  निस्के र एकान्तबासको बाटो लागे ।

https://mythgyaan.com

राजा इन्द्र एकाएक भूमिगत भएपछि वृहस्पति  र सप्तऋषि समेतका सल्लाहमा स्वर्गका जनताले विशाल सभाको आयोजन गरे । त्यसताका मर्त्यलोकका एक प्रतापी राजा नहुष आफ्ना  छोरालाई राजकाज सुम्पेर स्वर्गराज्यमा आएका थिए र स्थायी बसोबासको अनुमति लिएर त्यहीँ बसेका थिए । जनसभाको  छलफलबाट सेवानिवृत्त राजा नहुष स्वर्गमा राजकाज चलाउनका लागि उपयुक्त व्यक्ति हुनसक्ने निर्क्यौल  निस्क्यो । बुढा नहुष देवराज इन्द्रको आसनमा अमरावती राज्यको कार्यकारी राजा नियुक्त भए ।

समय आफ्नो किसिमले बित्दै गयो । इन्द्रका राज्यमा नयाँ राजा नहुषको बडो सम्मान थियो । पहिले आफ्नो राज्यमा राजा रहँदा नहुषले प्रजाका लागि इमानदारीका साथ खटेर राम्रो काम गरेका थिए । मुलुकको संरक्षणका साथै सम्बर्द्धन पनि गरेका थिए । परम देशभक्त थिए । जनतालाई आफ्नै सन्तानलाई सरह माया गर्थे । आफैँ अध्ययनशील विद्वान् थिए र पनि विद्वान् विज्ञहरुको सदा सम्मान गर्थे । बढेर चढेर बोल्दैनथे । जे बोल्थे प्रमाणसिद्ध कुरा मात्र बोल्थे । सभ्य, शिष्ट र विनम्र थिए । यसैले देशदेशावरमा उनको नाम थियो । उज्ज्वल कीर्ति कमाएका थिए । संयमी थिए । निरन्तर रुपमा आफ्नो देशको रक्षा र जनताका हितभलाइका काममा समर्पित रहनुलाई उनले आफ्नो धर्म ठानेका थिए । अन्याय, अत्याचार भ्रष्टाचार जस्ता अपराध उनका राज्यमा उम्रनै सकेका थिएनन् ।  राजादेखि रङ्कसम्म सवै सदाचारका अनुयायी थिए । अपरिग्रही थिए । मेहनती थिए । उनका राज्यमा कामचोर, निर्लज्ज र नकच्चरो कोही थिएन । यसैले जनतामा सुख–समृद्धि थियो ।  सुशासनमा दक्ष, प्रजाप्रेमी चरित्रवान् राजाका रुपमा नहुषको नाम स्वर्गमा पनि त्यत्तिकै लोकप्रिय थियो ।


संयोगवस कार्यकारी राजाका रुपमै भए पनि अमरावतीको राजदरबारभित्र इन्द्रको राजसिंहासनमा उक्लिन पाएपछि नहुस ती पुराना नहुष रहेनन् । कसैले नचिताएको किसिमबाट बदलिँदै गए । विगतका सोच विचार र आदर्श भुसुक्कै बिर्से । दधीचीको हड्डीमा ययातिको भोगलिप्सा पलायो । अर्थात् बुढेसकालमा उनमा नयाँ बैँस जागेर आयो । विवेक बुद्धिको अभाव आभासित हुन थाल्यो । कर्तव्य चेत पनि देखिएन । 


संयोगवस कार्यकारी राजाका रुपमै भए पनि अमरावतीको राजदरबारभित्र इन्द्रको राजसिंहासनमा उक्लिन पाएपछि नहुस ती पुराना नहुष रहेनन् । कसैले नचिताएको किसिमबाट बदलिँदै गए । विगतका सोच विचार र आदर्श भुसुक्कै बिर्से । दधीचीको हड्डीमा ययातिको भोगलिप्सा पलायो । अर्थात् बुढेसकालमा उनमा नयाँ बैँस जागेर आयो । विवेक बुद्धिको अभाव आभासित हुन थाल्यो । कर्तव्य चेत पनि देखिएन ।  त्यति बेलाका अनुभवी हजूरबा हजूरआमाहरु भन्नुहुन्थ्यो, “यौवन, सम्पत्ति, सत्ता र विवेकहीनता यी चारमध्ये एउटैले पनि मानिसलाई अनर्थकारी बनाउन सक्छ । खतरनाक बनाउन सक्छ । खपिनसक्नुको उन्मादी बनाउन सक्छ । संजोगवश कसैमा यी चारवटै अवस्था एकै पटक जुट्यो र आत्म–नियन्त्रणको मनोसामाजिक चुकुल खुस्क्यो भने त्यो व्यक्ति देश र जनसमाजका लागि कति अनर्थकारी र कति खतरनाक भार बन्ला ? अनुमान गर्न कठिन हुन्छ ।”

 हजूरबा हजूरआमाले भन्नुभएजस्तै भयो । नहुषमा अप्रत्याशित रुपमा  सत्तासम्पत्तिको उन्माद चढ्यो । बैँस पनि फक्र्यो । विवेक पनि हरायो ।


देश र जनताप्रति जिम्मेवारी, अर्थशुद्धि र आचरण शुद्धिलाई राजधर्ममा अनिवार्य मानिन्थ्यो । राजा नहुषबाट यिनै कुराहरुको आशा गरिएको थियो । जन आशाका विपरीत नयाँ राजा नहुषमा अस्वाभाविक रुपमा लोभलालसा र विलासीभाव मात्र उम्लिएको देखिन थाल्यो । अत्याचार, अनाचार, व्यभिचार, भ्रष्टाचारजस्ता दुर्गुणहरु पनि उनमा क्रमशः प्रकट हुन थालको देखियो । शासनकर्तामा हुनुपर्ने विचार विवेकजस्ता आवश्यक गुणहरु उनमा उपस्थित देखिएनन् । विगतमा उनमा रहेका नम्रता र सच्चरित्रता जस्ता गुणहरु सबै एकादेशका कथा जस्ता बन्न पुगे ।


देश र जनताप्रति जिम्मेवारी, अर्थशुद्धि र आचरण शुद्धिलाई राजधर्ममा अनिवार्य मानिन्थ्यो । राजा नहुषबाट यिनै कुराहरुको आशा गरिएको थियो । जन आशाका विपरीत नयाँ राजा नहुषमा अस्वाभाविक रुपमा लोभलालसा र विलासीभाव मात्र उम्लिएको देखिन थाल्यो । अत्याचार, अनाचार, व्यभिचार, भ्रष्टाचारजस्ता दुर्गुणहरु पनि उनमा क्रमशः प्रकट हुन थालको देखियो । शासनकर्तामा हुनुपर्ने विचार विवेकजस्ता आवश्यक गुणहरु उनमा उपस्थित देखिएनन् । विगतमा उनमा रहेका नम्रता र सच्चरित्रता जस्ता गुणहरु सबै एकादेशका कथा जस्ता बन्न पुगे । सत्ता, सम्पत्ति, बुढो बैंस र विवेकहीनताको ककटेल नसामा राजा नहुष साँच्चिकै उन्मत्त देखिन थाले । उनकै कारण मुलुकमा  के न्याय के अन्याय के आचार के अनाचार एक एक कुराको विवेक बुद्धिका साथ छानविन गर्ने, छुट्याउने र उचित पुरस्कार र दण्डको व्यवस्था गर्ने जनजीवनको सनातन परिपाटी नै पनि धूमिल बन्दै गयो । छायामा पर्दै गयो ।

मानिस यतिसम्म पनि बदलिन सक्दोरहेछ भन्ने कुराको एउटा आश्चर्यजनक दृष्टान्त नै बन्न पुगे राजा नहुष ।

इन्द्रको राज्यमा विलास वैभव र सुखभोगका साधनको कुनै अभाव थिएन । साधन सुविधाहरु प्रसस्त थिए । भव्य महलहरु थिए । सुन्दर अप्सराहरुको जमात थियो । किसिम किसिमका पेय पदार्थ थिए । जल, थल, आकाश सवैतिर चल्न सक्ने वाहनहरु थिए । ढकमक्क फूल र लटरम्म फलका सुन्दर मनोहर बगैँचाहरु थिए । निर्मल नदीहरु थिए । चाँदनी रातमा नदीमा नौकाविहारको सुविधा थियो । यी सबैका अतिरिक्त शासकको प्रशंसाका गीत गाएर कहिल्यै नथाक्ने दरबारिया चारणहरु थिए । जता हेर्‍यो त्यतै विलास सामग्री खचाखच थिए । निरन्तर भोगविलासको चक्करमा लाग्दालाग्दै राजा नहुसका मनमा एकपछि अर्को हुँदै कामवासनाका नयाँ नयाँ छालहरु उछालिन थाले । एकपछि अर्को गर्दै बुद्धिविवेकले ठाउँ छोड्दैगयो ।

हेर्दाहेर्दै राजा नहुषले एक क्रूर कामुक र भयङ्कर अत्याचारी शासकको शासनशैली अपनाइसकेको देखियो । मन्त्रीहरु र सभासदहरु नहुषको कोपभाजन बन्नुबाट डराउँथे । आफ्नी रानीलाई पनि पटक्कै टेर्दैनथे नहुष । अप्सराहरुसँग नाचेर पनि पुगेको थिएन । उनको मन अव इन्द्रकी महारानी शचीको सुन्दरता देखेर तुल्बुलाइसकेको थियो ।


हेर्दाहेर्दै राजा नहुषले एक क्रूर कामुक र भयङ्कर अत्याचारी शासकको शासनशैली अपनाइसकेको देखियो । मन्त्रीहरु र सभासदहरु नहुषको कोपभाजन बन्नुबाट डराउँथे । आफ्नी रानीलाई पनि पटक्कै टेर्दैनथे नहुष । अप्सराहरुसँग नाचेर पनि पुगेको थिएन । उनको मन अव इन्द्रकी महारानी शचीको सुन्दरता देखेर तुल्बुलाइसकेको थियो ।


अव स्वर्गका आम जनतामा राजा नहुषप्रति आदरभाव बाँकी थिएन । सबै वाक्क दिक्क बनिसकेका थिए । जमेर कुरा काट्न थालिसकेका थिए ।

एकदिन राजसभामा नहुषले मन्त्री र सभासदहरुतिर हेर्दै भन्यो, “म कार्यकारी राजा भनिए पनि म पूरै राज्यको राज्याधिकार पाएको परम् शक्तिशाली राजा हूँ । शासनयन्त्र सवै मेरो हातमा छ । न्याय, निसाप, शास्त्र नीति, ज्ञान विज्ञान सवै मेरै मुखमा छ । आज म जे बोल्छु त्यही वेद हुन्छ । मैले जता देखाउँछु त्यतै सवैको गन्तव्य हुन्छ । म जे भन्छु त्यही सवैको कर्तवय हुन्छ । म सर्वज्ञ र सर्वशक्तिमान् देवराज महाराज हूँ । पुराना राजा इन्द्र वर्षौं भूमिगत रहन सक्छन् । भूमिगत अवस्थामै मर्न मारिन पनि सक्छन् । हराउन पनि सक्छन् । यस्तो स्थितिमा इन्द्राणी खुरुक्क मसँग नआएर महलमा एक्लै बसिरहनुको कुनै तुक छैन । म यस राज्यको महाराजा हूँ भने उनी यस राज्यकी महारानी । महारानीले महाराजासँगै बस्नुपर्छ हैन र ?”

राजा नहुषका बलमिच्याइँका कुरा सुनेर मन्त्री सभासद् सबै अवाक् भए । कसैले केही बोलेन । कोपभाजन बनिने र जागीर जाने डरका कारण कसैले ‘चूँ’सम्म पनि गर्न सकेन । नहुषले सोचे, ‘केही नबोल्नु भनेको मेरो कुरा स्वीकार्नु हो । म सर्वसम्मत छु ।’


राजा नहुषका बलमिच्याइँका कुरा सुनेर मन्त्री सभासद् सबै अवाक् भए । कसैले केही बोलेन । कोपभाजन बनिने र जागीर जाने डरका कारण कसैले ‘चूँ’सम्म पनि गर्न सकेन । नहुषले सोचे, ‘केही नबोल्नु भनेको मेरो कुरा स्वीकार्नु हो । म सर्वसम्मत छु ।’


राजसभामा कार्यकारी राजा नहुषले भनेका कुरा एक कान दुई कान हुँदै इन्द्रपत्नी शचीका कानसम्म पुग्यो । आफूमाथि हुनसक्ने बलमिच्याइँको सम्भावना–सोचले मात्र पनि उनको मुटु काँप्यो । चिन्ताले जिउज्यान भत्भती पोल्न थाल्यो । उठेर कोठामा फनफनी घुम्न थालिन् । ‘नहुष त नसोचेको किसिमको बदमास निस्क्यो । यसको अपराधी कामनाबाट म कसरी जोगिउँ ?’ कहाँ जाउँ ? कसलाई भनूँ ? यत्तिकैमा देवगुरु वृहस्पतिलाई सम्झिन् । ‘यस्तो बेला मलाई देवगुरु वृहस्पतिको नीति र बुद्धिले मात्र बचाउन सक्छ, म त्यहीँ जान्छु’ भन्ने अठोट गरिन् । चिन्ताले रन्थनिदै बिचरी इन्द्राणी त्यसै दिन साँझ देवगुरु वृहस्पतिको घरमा पुगिन् । गुरुलाई सादर अभिवादन गरिन् र सवै बेलीविस्तार बताइन् । अन्तमा दुवै हात जोडेर वृहस्पतिसँग भनिन् “यस पापीबाट मेरो रक्षा गर्नुहोस् गुरुवर, म आपद्विपद्को भुमरीमा छु !”

इन्द्राणीका कुरा सुनेर वृहस्पति एकाएक गम्भीर भए । क्रोधले उनको अनुहार रातो भयो । राम्रो  काम गर्ला, सुशासन देला  भनेर सिंहासनमा स्थापित गरिएका मानिसको अप्रत्याशित पतन देखेर मनमा कता कता दुःख पनि लाग्यो । संयमित हुँदै वृहस्पतिले भने, “चिन्ता नगर इन्द्राणी, समस्या छ त दुनियाँमा समाधान पनि छ । जुक्ति बुद्धिहरु पनि छन् । उपाय गरौंला । इन्द्र पनि छिट्टै फर्कने सम्भावना छ । तिमी निर्भय भएर यहीँ हाम्रै परिवारमा बस । तिमी महारानी हौ र पनि मेरी छोरीसमान पनि हौ । मेरो घरमा तिमी सर्वथा सुरक्षित रहनेछ्यौ ।”

वृहस्पतिका कुरा सुनेपछि इन्द्राणी ढुक्क भइन् । देवगुरु वृहस्पतिको व्यापक ज्ञान र कूटनीतिक क्षमतामाथि इन्द्राणीको बलियो विश्वास थियो ।

यता नहुषको विलास वैभवप्रतिको आकांक्षा बढ्दै गयो । प्रथमतः उसले राज्यको ढुकुटीमा कब्जा जमायो । बिकाउहरुको पहिचान गर्‍यो र पिछलग्गू जमात बनायो । विरोधीहरुलाई पेल्न भयङ्कर आक्रान्ताहरुको अर्को जमात पनि बनायो । प्रत्येक साँझ दरवारमा अप्सराहरुको नाच आयोजना गरिने व्यवस्था मिलायो । निरन्तर सेवामा खटिने राजसेवकहरुलाई अझ थप सेवाको आदेश दियो । आफ्ना पिछलग्गूहरुलाई बोलाएर राज्यभर नियमित रुपमा उसको जयगान गरिनु पर्ने आदेश फिँजाउन कडा निर्देशन साथ हुकुम दियो । यति गर्दा पनि उसको मन भरिएन । उसले इन्द्राणीलाई छिट्टै उसको सेवामा हाजिर हुन सूचना पनि पठायो ।


यता नहुषको विलास वैभवप्रतिको आकांक्षा बढ्दै गयो । प्रथमतः उसले राज्यको ढुकुटीमा कब्जा जमायो । बिकाउहरुको पहिचान गर्‍यो र पिछलग्गू जमात बनायो । विरोधीहरुलाई पेल्न भयङ्कर आक्रान्ताहरुको अर्को जमात पनि बनायो । प्रत्येक साँझ दरवारमा अप्सराहरुको नाच आयोजना गरिने व्यवस्था मिलायो ।


इन्द्राणी गुरु वृहस्पतिको शरणमा बसेकी छन् र उसको आदेश मान्ने मनस्थितिमा छैनन् भन्ने थाहा पाएपछि नहुष रिसले तिलमिलायो । उसको क्रोध देखेर मन्त्रीगण, सभासद र सुरक्षाकर्मीहरु पनि डराए । सबै जर्‍याक्जुरुक् उठेर नहुषका अगाडि हात जोड्दै उभिए । एक जना मन्त्रीले अगाडि परेर भने “महाराज, यस भूभागलाई सवैले स्वर्ग भन्छन् । स्वर्गमा नपाइने विलास वैभव केही छैन । किसिम किसिमका खाद्यपेय पदार्थहरु छन् । सुगम यात्रापथहरु छन् । मनोहर दृश्यहरु छन् । वहमूल्य वाहनहरु छन् । विलास चतुर सुन्दर अप्सराहरु छन् । सुमधुर वाद्यवादक र गायकहरु छन् । जति वेला जे चाहे पनि र जति चाहे पनि उपभोग गर्न सकिने मनोरन्जनका साधन सामग्रीहरु छन् । सबै सुख सुविधा सेवामा हाजिर छन् । स्वर्गका साम्राज्यका मालिक हजूरजस्तो प्रतापी महाराजले अर्काकी रानीमाथि  अभिलाषा राख्नु उचित होइन । यो महाराजको प्रतापलाई सुहाउने कुरा पनि होइन । राजा त प्रजाको संरक्षक हो । न्याय निसाफको आधार हो ।  हजूरजस्ता प्रतापी महाराजबाट त स्वर्गका सभ्यताको रक्षा गरिनु पर्छ । नियम कानूनको रक्षा गरिनु पर्छ । परम्परागत धर्मकर्मको रक्षा गरिनु पर्छ । हाम्रो यही प्रार्थना छ । रिसानी माफ होस् सरकार, जो हुकुम ।”

मन्त्री र सभासदहरुको प्रार्थनाले कामान्ध नहुषको सोचविचारमा कुनै सकारात्मक असर परेन । उसले जर्कँदै भन्यो, “उन्मुक्त भोगविलास नै त स्वर्गको सभ्यता हो । धर्म न्याय पनि यही नै हो । तिमीहरु पूर्व राजा इन्द्रकै कुरा गर्छौ भने पनि ऋषि पत्नी गौतमीमाथि छलकपटबाट अनाचार गर्दा तिमीहरुको कथित सभ्यता र धर्मका नियम कानून कहाँ गएका थिए ? त्यति वेला तिमीहरुले इन्द्रलाई कुमार्गबाट किन बचाउन सकेनौ  ? तपस्या गरिरहेका आचार्य विश्वरुपलाई इन्द्रले अनायास हत्या नै गरिदिए । तिमीहरुले  इन्द्रलाई यस पापाचारबाट किन रोक्न सकेनौ ? त्यति वेला तिमीहरुको वुद्धि, विवेक र नीतिज्ञान कहाँ गायब भएको थियो ? वृत्रलाई पनि इन्द्रले झुक्याएरै मारेका हुन् । यत्रो जघन्य हत्या गर्नु इन्द्रका लागि शोभाजनक त थिएन । न्यायसङ्गत पनि थिएन । तर पनि त्यो जघन्य हत्या रोक्न तिमीहरुले कुनै प्रयत्न गरेको थाहा भएन । तिमीहरु आज पनि गलत रुपमा तिनै इन्द्रको पक्षपोषण गर्दै छौ । यसो गर्नुबाट तिमीहरु कसैलाई कुनै फाइदा छैन । बरु अव कुनै पनि उपायले छिटोभन्दा छिटो इन्द्राणीलाई मेरो सेवामा उपस्थित गराओ । यसैमा तिमीहरु सवैको भलाइ छ । बुझ्यौ ?”

नहुषको गर्जनले राजसभा स्तब्ध भयो । मन्त्री सभासद् सवै थरर्र भए । कसैले केही प्रतिवाद गर्न सकेनन् । प्रतिवाद गर्न नसकेपछि नहुषले ठान्यो ‘सवै चूप लागे । कोही पनि बोलेन । मेरा कुराबाट यिनीहरु सवैको चित्त बुझ्यो । मौनम् स्वीकृतिलक्षणम् ।’

यसैबीच मन्त्री र सभासद्हरुले गोप्य रुपमा अन्यत्र कतै  भेटेर आपसमा छलफल गरे । छलफलको सार निकाल्दै मन्त्रीले भने, “यो नहुष सत्ता सम्पत्तिले पागल भएको छ । यसका दिलदिमागमा हम्मेसि ननिभ्ने कामान्धता जागेको छ । भोगविलासको भयङ्कर भोक जागेको छ । अव यसलाई जसरी पनि शान्त र अनुकूल बनाउनका लागि हामी इन्द्राणीसँगै भेटेर अनुरोध गरौं । हाम्रो पनि त जागीरको सवाल छ !”

 “ल जाऔं !” भन्दै आफ्आफ्ना आसनबाट उठे र  मन्त्रीसहित सवै सभासद इन्द्राणी बसेका ठाउँमा पुगे । सवैको प्रतिनिधित्व गर्दै मन्त्रीले इन्द्राणीसँग भने “नहुष बढ्दो भोगविलासको भोकले पागल भएको छ । उसलाई इन्द्राणी नभइभएको छैन । अन्यथा नहुषको क्रोधले विकराल रुप लेला जस्तो छ । उसको भोगेच्छा पूरा गरिदिनका निमित्त हजूरले उसकोमा सवारी भइदिनुपर्‍यो । अहिले आनाकानी गर्नुमा हामी कसैको पनि कल्याण छैन !”


 “ल जाऔं !” भन्दै आफ्आफ्ना आसनबाट उठे र  मन्त्रीसहित सवै सभासद इन्द्राणी बसेका ठाउँमा पुगे । सवैको प्रतिनिधित्व गर्दै मन्त्रीले इन्द्राणीसँग भने “नहुष बढ्दो भोगविलासको भोकले पागल भएको छ । उसलाई इन्द्राणी नभइभएको छैन । अन्यथा नहुषको क्रोधले विकराल रुप लेला जस्तो छ । उसको भोगेच्छा पूरा गरिदिनका निमित्त हजूरले उसकोमा सवारी भइदिनुपर्‍यो । अहिले आनाकानी गर्नुमा हामी कसैको पनि कल्याण छैन !”


मन्त्रीका कुरा सुनेर र सभासदहरुका अनुहार देखेर इन्द्राणी अल्तलिइन् । मनमनै भनिन् ‘एउटा अत्याचारी राजाबाट थर्केर मलाई यस्तो नीच तहमा ओर्लन सल्लाह दिन आउने यी कस्ता लाछीहरु ! यस्ता लाछीहरुले किन मन्त्री र सभासद् बन्ने ? यस्तै पानीमरुवा र बिकाउ लाछीहरुले नै  शासकलाई थप अन्यायी र लिच्चड बन्न प्रोत्साहनको काम गर्छन् !! आडभरोसको काम गर्छन् !!! मन्त्री सभासद सबै एकमत भएर यस्ता अत्याचारी शासकलाई विभिन्न नीतिगत उपायहरुदारा सही बाटोमा ल्याउन सक्नुपर्थ्यो । त्यति पनि गर्न नसक्ने यस्ता नालायकहरुसँग म किन कुरा गर्ने ?!’

इन्द्रणी नबोलिकन जुरुक्क उठिन् र सरासर वृहस्पतिका कक्षमा पुगिन् । पुकारको मुद्रामा हात जोडेर भनिन् “यी नराधमहरु मलाई फकाएर नहुषलाई सुम्पने मुरादले सल्लाह दिन आएका रहेछन् । मेरो संङ्कट थपियो गुरु, यस विपत्तिबाट मेरो रक्षा गर्नुहोस् ! अहिले यस मुलुकमा मलाई शरण दिन सक्ने व्यक्तित्व गुरुबाहेक अर्को कोही छैन । देवता भनिएका मानिसहरु पनि सत्ताका क्रीतदासहरुको जमात जस्ता बनेका छन् । भड्किएका छन् । मेरो परिस्थिति विकराल छ गुरु ।”

 “सङ्कट तिम्रो मात्र होइन । यस मुलुककै सङ्कट हो । देशवासी तमाम जनताको सङ्कट हो । दुष्ट शासक भनेको समग्र समयकै सङ्कट हो । यस्ता शासकले समकालीन युगलाई नै प्रदूषित पार्छन् । यस्ता फोहरलाई जतिसक्दो चाँडो बढार्नु पर्छ । अनि अर्को कुरा, तिमी सामान्य नारी मात्र होइनौ । यस राज्यको शासकीय अधिकारसम्पन्न महारानी हौ । वीराङ्गना हौ । वीर वीराङ्गनाले आपत् विपत् पर्दा आत्तिने होइन, धैर्यशील बनेर काम गर्नुपर्छ !” वृहस्पतिले अझ जोड दिँदै भने, “आफ्नै ज्यानको बाजी राखेर पनि देश र जनताको रक्षा गर्नुपर्नेमा यदि कसैले अत्याचारी नृशंसका हातमा एक स्वाभिमानीनी नारीलाई सुम्पने तानाबाना बुन्छन् भने त्यस्ता दुष्टहरुको पनि सिलाबाला नरहने गरी विनाश हुन्छ, हुनुपर्छ । त्यस्ताले रोपेको बीउ पनि माटोमा उम्रँदैन, कुहिएर जान्छ । विश्वास गर इन्द्राणि, म वृहस्पति तिम्रो साथ कहिल्यै छोड्दिनँ । तिमीलाई नहुषको जालमा पर्न कदापि दिन्नँ । नडराऊ । पापी नहुषको सर्वनाश नजिकै आइपुगेको छ । समयगत परिवर्तन र न्यायको मर्म नबुझेर जो आफूलाई सर्वशक्तिमान् ठान्दै जनजीवनलाई संकटमा पार्न तम्सन्छन्, त्यस्ता शासकहरु समयमा किन्चित् परिवर्तन आउना साथ झामझुम भएर सकिन्छन् ।”

यति भनेपछि देवगुरु वृहस्पतिले इन्द्राणीलाई तत्कालको संकटबाट जोगिएर अगाडि बढ्न एउटा संकटमोचन मन्त्र सुझाए । अर्थात् वर्तमान सङ्कटबाट उम्कने एउटा बाटो देखाए । इन्द्राणी प्रखर बुद्धिकी वीराङ्गना थिइन् । उनले वृहस्पतिको संकेत बुझिन् । मनमनै मनन गरिन् ‘साहसीहरु सामना गर्छन् लाछी लाचारहरु आत्मसमर्पणमा टुंगिन्छन् । म वीराङ्गाना हूँ । मैले साहस र बुद्धिमत्ताका साथ सङ्ंकटको सामना गर्नुपर्छ ।’

मनमनै संघर्षको अदम्य अठोट गर्दै इन्द्राणी आफ्नो परम्परागत वेषभूषामा वृहस्पतिसदनबाट बाहिर निस्किन्, आफ्नो छरितो वाहन चढिन् र व्यापक  साहस तथा धैर्यका साथ विना हिचकिचाहट निर्धक्कसँग राजा नहुषका अगाडि उभिन पुगिन् ।


इन्द्रासनमा बसेर रजाइँ गर्न पाउनुको घमण्डले नहुषको खुट्टा भुइँमा थिएन । भोगविलासको असीम भोकले रन्थनिनुका कारण बुद्धिविवेक पनि थोपै बाँकी थिएन । आँखा भएर पनि निस्पट्ट अन्धोजस्तो बनेको थियो नहुष । इन्द्राणीलाई अनायास आफ्ना अगाडि उपस्थित देखेर नहुष हर्षविभोर भयो । सोच्यो, ‘बाध्य भएरै भए पनि अन्ततः इन्द्राणी मेरो इच्छा पूरा गर्न आइन् । अब मेरै भइन् !’


इन्द्रासनमा बसेर रजाइँ गर्न पाउनुको घमण्डले नहुषको खुट्टा भुइँमा थिएन । भोगविलासको असीम भोकले रन्थनिनुका कारण बुद्धिविवेक पनि थोपै बाँकी थिएन । आँखा भएर पनि निस्पट्ट अन्धोजस्तो बनेको थियो नहुष । इन्द्राणीलाई अनायास आफ्ना अगाडि उपस्थित देखेर नहुष हर्षविभोर भयो । सोच्यो, ‘बाध्य भएरै भए पनि अन्ततः इन्द्राणी मेरो इच्छा पूरा गर्न आइन् । अब मेरै भइन् !’ । खुसीले गद्गद हुँदैः प्रेमपूर्ण शब्दमा नहुषले भन्यो, “सुन्दरी, म आज तीनत्रिलोकको स्वामी भएर पनि तिमीविना अधूरो छु । हेर, यी तमाम दुनियाँलाई न्याय दिने सर्वज्ञ र सर्वशक्तिमान् न्यायकर्ता शासक मै हुँ । मैले जे भन्छु त्यही सत्य हुन्छ, त्यही न्याय हुन्छ र त्यही प्रजाको कर्तव्य हुन्छ । मैले भनेपछि तिमीले कुनै पाप वा अपराधको डर मान्नु पर्दैन । तिमी दुनियाँको लाज, डर, शङ्का, दुविधा  सवै फुकालेर फाल । फुक्का र निर्धक्क होऊ । मेरी पत्नी बन । उन्मुक्त भएर मसँग सुखभोग गर ।”

नहुषका कुराबाट इन्द्राणी थर्र काँपिन् र पनि आफूलाई तत्काल सम्हालिन् र स्वाभाविक बन्दै भनिन्, “देवराज, धैर्य लिनुहोस् । आखिर म तपाइँकै हुने हुँ। तर पनि म एउटा कुरा निर्क्यौल गर्न चाहन्छु । मैले त्यो निर्क्यौल गर्नै पनि पर्छ । इन्द्र अहिले जीवित हुनुहुन्छ कि हुनुहुन्न ? हुनुहुन्छ भने कहाँ हुनुहुन्छ ? कसरी हुनुहुन्छ । एक पटक यसको खोजतलास गर्ने मन छ । खोजी गर्दा पनि वहाँ कतै भेटिनुभएन भने म निःशङ्क र निर्धक्क भएर तपाइँकहाँ आइपुग्छु । यति गर्दा मलाई पाप पनि लाग्दैन । मलाई लाग्छ, मेरो यो अनुरोध स्वीकार गर्नुमा तपाइँले कुनै दुविधा मान्नु हुने छैन । यो मेरो विश्वास पनि हो ।

इन्द्राणीका कुरा सुनेर नहुष दङ्ग पयो । “तिम्रो कुरा पनि ठिकै हो । इन्द्रको खोजी गर्नु पनि नराम्रो कुरा होइन । बरु ढिला नगर । इन्द्रको खोजी सकेर तुरुन्त मेरोमा आऊ । हेर इन्द्राणी, तिमीले मलाई  बचन दिइसक्यौ । अन्यथा हुन नपाओस् है !” नहुषले भन्यो ।

यसरी नहुषलाई मनाएर इन्द्राणी वृहस्पतिका घर फर्किइन् । सवै विवरण बताइन् र भनिन् अव अगाडिको मार्गदर्शन पाउँ गुरु !

विष्णुको वैकुण्ठ कक्षमा आज प्रबुद्ध नागरिकहरुको गोप्य बैठक छ । म त्यहाँ जान्छु । तिमी पनि गोप्य रुपमै हिमालयको मानस क्षेत्रमा जाऊ । एक जना भरपर्दो ऋषिकुमारलाई साथी खटाइदिन्छु । तिमीलाई दिव्यदृष्टिको आशीर्वाद पनि दिन्छु । नडराऊ । तिम्रो संकटको समाधान हुन्छ । किनभने सत्य न्याय इमान सबै तिम्रो साथमा छ । अन्तिम जीत सत्यको हुन्छ । न्यायको हुन्छ । तिम्रो जीत अनिवार्य नै छ । धैर्य राखेर प्रतीक्षा मात्र गर ।

यति भनेर वृहस्पति बैठकतिर हिँडे । वृहस्पतिले खटाएको ऋषिकुमारलाई साथ लिएर इन्द्राणी इन्द्रको खोजमा कैलास पर्वत निकट मानसक्षेत्रतिर लागिन् । सूक्ष्म निरीक्षणसहितको कडा परिश्रमपछि एकदिन साँझ बडो दु:खकष्टका अवस्थामा लुकिछिपी रहेका इन्द्र भेटिए । इन्द्रको अवस्था देखेर इन्द्राणी भलभली रोइन् । रुँदै रुँदै आफ्ना सङ्कटको बेलीविस्तार पनि बताइन् ।

इन्दले इन्द्राणीलाई ढाढस दिँदै भने, “धैर्य गर प्रिये, धैर्य गर । उम्लेपछि दूध पनि पोखिन्छ । नहुषको पाप चुलिइसक्यो । अब यसको पतन नजिकै आइपुगेको छ । छिट्टै यो अब पाताल पुग्छ । हाम्रा सुदिनहरु चाँडै नै फर्कन्छन् ।  हामीले यहाँनिर कूटनीतिबाट काम लिनुपर्छ । त्यसका लागि तिमी अव एउटा काम गर । यताबाट फर्केपछि तिमी एक्लै नहुषकोमा जाऊ । उसको इच्छा पूरा गर्न तिमी राजी छौ भन्ने भाव देखाऊ । अनि स्वाभाविकजस्तै बनेर नहुषसँग भन, “म एक्लै लुसु लुसु कसरी तपाइँकी महारानी हुन आउँ ? यो हाम्रो राजकीय परम्पराका दृष्टिले पनि स्वाभाविक देखिँदैन । तपाईँ बरात लिएर असाधारण रुपले भव्य दिव्य झकिझकाउ पाल्कीमा सवार हुँदै मलाई लिन मेरो महलमै आउनुपर्छ । पाल्की पनि सर्वसाधारण डोलेहरुले होइन, स्वयम् सप्तर्षिहरु, सातै जना सप्तर्षिहरुले काँध हालेर बोकेको हुनुपर्छ । सप्तर्षिले बोकेको राजकीय पाल्कीमा बसेर ठान, मान र शानका साथ तपाईँ मेरो महलमै मलाई लिन आउनुहुँदा म स्वागतका लागि तैयार भएर महलको ढोकामै पर्खिरहेकी हुन्छु !”

तिमी स्वाभाविक भाषाशैलीमा नहुषसँग यो प्रस्ताव राख । तिमीले यसरी प्रस्ताव राखेपछि मूढमति नहुषले दायाँ वायाँ सोच्दैन । सोच्नैसक्दैन । सप्तर्षिलाई बोलाएर पाल्की बोकाउँछ । यसैबाट त्यसको सर्वनाश हुन्छ ।

इन्द्रको सल्लाह इन्द्राणीलाई उपयोगी लाग्यो । मानसक्षेत्रबाट फर्केपछि गुरु वृहस्पतिलाई भेटेर सवै कुरा बताइन् । यसपछि गुरुको पनि अनुमति लिएर इन्द्राणी सरासर नहुषकोमा पुगिन् ।

इन्द्रासन पाएपछि मैले इन्द्राणी पनि पाउनुपर्छ भन्ने उत्तेजक सोचले जुरुजुरु भइरहेको थियो नहुष । इन्द्राणी पुनः आएको देखर आसनबाट बुरुक्कै उफ्रियो । अति नै खुसी भयो । “तिमी बोलीको पक्का रहिछौ इन्द्राणी, म प्रसन्न भएँ । तिम्रो के अभिलाषा छ भन म सवै पूरा गर्छु । तिमीले बचनको पालन गर्‍यौ । म पनि बचनको पालन गर्छु ! ल भन , के छ तिम्रो इच्छा अभिलाषा ? भन, धक नमानिकन भन !”


इन्द्रासन पाएपछि मैले इन्द्राणी पनि पाउनुपर्छ भन्ने उत्तेजक सोचले जुरुजुरु भइरहेको थियो नहुष । इन्द्राणी पुनः आएको देखर आसनबाट बुरुक्कै उफ्रियो । अति नै खुसी भयो । “तिमी बोलीको पक्का रहिछौ इन्द्राणी, म प्रसन्न भएँ । तिम्रो के अभिलाषा छ भन म सवै पूरा गर्छु । तिमीले बचनको पालन गर्‍यौ । म पनि बचनको पालन गर्छु ! ल भन , के छ तिम्रो इच्छा अभिलाषा ? भन, धक नमानिकन भन !”


“हजूरको प्रसन्नतालाई म आफ्नो अहोभाग्य ठान्छु । हजूर सारा संसारको मालिक होइसिन्छ । हजूर नै मेरो भावी पति  पनि होइसिन्छ । मैले हजूरको इच्छा पूरा गर्नुअघि तै तै हजूर पनि मेरो एउटा इच्छा पूरा गरिदिइस्योस् ।”

‘‘ल भन, के गरुँ : म तिम्रो प्रसन्नताका लागि जे पनि गर्न तैयार छु !’’

इन्द्राणीले इन्द्रको सल्लाहमुताबीक भूमिका बाँधेर स्वाभाविक भावभङ्गिमाका साथ भनिन्, ‘‘हजूर मेरो महलमा एक असाधारण र भव्य पाल्कीमा सवार भएर मलाई लिन आइसिनु पर्छ । हजूर सवार हुने त्यो पाल्की भगवान् विष्णु, रुद्रलगायत कुनै पनि देव देवता र असुरका लागि दुर्लभ पाल्की हुनुपर्छ  । मेरो के अभिलाषा छ भने त्यो भव्य पाल्की अरु सर्व साधारण देव र मनुष्यले होइन, स्वयम्  सप्तर्षिहरुले बोकेर हजूरको सवारी चलाउन् । मेरो आँगनमा हजूर त्यसरी सवारी भएपछि म अगाडि बढेर हजूरको स्वागत  गर्छु र सदाका लागि हजूरकी हुन्छु ! ’’

“धन्य छ सुन्दरी, म तिम्रो आकाङ्क्षाको सहर्ष अभिनन्दन गर्छु । मलाई पनि यस्तै महत्वाकाङ्क्षा मन पर्छ । ‘जसमाथि म आँखा गाडेर हेर्छु त्यसको तेज मलाई प्राप्त हुन्छ ।’ यस्तो  वरदान नै पाएको छु मैले । सप्तर्षिले मेरो पाल्की बोकुन् भन्ने सोच राम्रो सुझबुझको  उपज हो । ल तिमी आफ्नो महलमा जाऊ । तिम्रो इच्छा अवश्य पूर्ण हुन्छ !” कामोन्मत्त नहुषले भन्यो ।

शची मुस्कुराउँदै उठिन् र आफ्नो भवनतिर लागिन् । नहुषले सप्तर्षिलाई बोलाउन दूतहरु पठायो । खबर पाएर  सातै जना ऋषिहरु आए । उसले ती ऋषिहरुलाई आज्ञा दियो, “मैले पाल्की चढेर शचीको महलमा जानु छ । यो पाल्की तिमीहरु बोक ।” ऋषिहरुले लाचार भएर नहुषको पाल्की आफ्ना काँधहरुमा उठाए ।

ऋषिहरु पाल्की बोकेर जति जति अगाडि बढ्दै गए नहुषका टाउकोमा पापको बोझ उति उति बढ्दै गयो । नहुषका दिलदिमागमा शचीको मनोहर रुप नाचिरहेको थियो । कहिले भेटूँ कहिले भेटूँको हतारोले झण्डै पागल बनेको थियो नहुष । जतिसक्दो छिटो शचीलाई पाउने उत्कण्ठाले उसलाई तीव्र रुपमा दपेट्दै थियो । उसलाई ऋषिहरुको हिँडाइ ढिलो लाग्यो । “एः ऋषि हो, छिटो हिँड न छिटो ! अलि पेटभरी खाएजस्तो खुट्टा टेकेर हिँड !” नहुषले ऋषिहरुलाई पटक पटक हपार्‍यो । यसरी हपार्दा पनि छिटो नहिँडेको जस्तो लागेपछि “ए बुढा, छिटो घस्री न छिटो !” भन्दै राजा नहुषले आफ्नो पाल्की बोक्ने वाहकमध्येका एक ऋषि अगस्त्यका ढाडमा एक लात्ती जमायो ।

https://en.wikipedia.org


अत्याचार अति भएपछि ऋषि अगस्त्यलाई झननन्न झोक चल्यो । पाल्की बोक्दाबोक्दै रोकिएर मुन्टो घुमाउँदै  नहुषतिर हेरे र भर्भराउँदो भाषामा ऋषि अगस्त्यले भने, “अव तँ आफैँ अजिङ्ंगर बनेर डिलमुनिको तातो बगरतिर घस्री  नराधम ! जा ! हामीलाई घस्री भन्ने तँ आफैँ भुत्ते सर्प भएर घस्री !! अहिल्यै यसै क्षण तेरो पतन होस् ! ”


अत्याचार अति भएपछि ऋषि अगस्त्यलाई झननन्न झोक चल्यो । पाल्की बोक्दाबोक्दै रोकिएर मुन्टो घुमाउँदै  नहुषतिर हेरे र भर्भराउँदो भाषामा ऋषि अगस्त्यले भने, “अव तँ आफैँ अजिङ्ंगर बनेर डिलमुनिको तातो बगरतिर घस्री  नराधम ! जा ! हामीलाई घस्री भन्ने तँ आफैँ भुत्ते सर्प भएर घस्री !! अहिल्यै यसै क्षण तेरो पतन होस् ! ”

ऋषि अगस्त्यले यति भनेका मात्र थिए नहुष पाल्कीबाट उँधो मुन्टो हुँदै ढुन्मुनिएर तलतिर खस्यो । खुर्मुरिँदै खस्यो । खस्दै गयो । स्वर्गबाट कता कता तल, धेरै तल खस्यो ।

महाभारतकार भन्छन्, “अजिंगरको शरीर लिएर पृथ्वीको तातो बगरमा खसेको नहुष मुक्तिको प्रतीक्षामा युगौंसम्म तड्पिरह्यो ! तड्पिरह्यो !!”

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.