बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रुखबाट लडेर  मृत्यु

शनिबार, १० जेठ २०७७, २१ : २३
शनिबार, १० जेठ २०७७

सामुदायिक वनमा घाँस काट्ने क्रममा पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको जानकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं १३ निवासी १५ वर्षीय सरोज विक रहेका छन् । 

प्रहरीका अनुसार घाँस काट्न जाँदा विक बाटुली पोखरी सामुदायिक वनमा रुखबाट लडेका थिए ।

रुखबाट लडेर घाइते विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज अपराह्न ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप