शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टाइनमा राखिएकाहरु २४ घण्टादेखि भोक भोकै

शनिबार, १० जेठ २०७७, २१ : १३
शनिबार, १० जेठ २०७७

बर्दिवास । नगरपालिकाले खानाको उचित व्यवस्थापन नगरेपछि महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल माविको क्वारेन्टाईनमा राखिएका २५ जना २४ घण्टाभन्दा बढी समयदेखि भोकभोकै छन् ।


भारतको चेन्नई, हरियाणा तथा चन्डिगढलगायतका स्थानबाट आएर क्वारेन्टिनमा बसेका उनीहरुका लागि तातो पानी र कोठामा पङ्खाको समेत व्यवस्थापन गर्न नसकेको स्थानीयवासीको भनाइ छ ।

एक स्थानीयवासीले क्वारेन्टाइनमा बसेको आफ्नो छोराका लागि घरबाटै खाना ल्याउने तयारी गरेपनि गौशाला नगरपालिका–२ का वडाध्यक्ष शेख सलामले रोक लगाएपछि छोरालाई हेर्नका लागि आफू आउँदा २४ घण्टासम्म पनि खानाको बन्दोबस्त हुन नसकेको गुनासो गरे ।

वडाध्यक्ष शेख सलामले क्वारेन्टाईनमा भोकभोकै बसेका उनीहरुका लागि तत्काल एक छाक खानाको व्यवस्थापनमा आफू लागेको बताउँदै उनले आवश्यक सामग्रीको बन्दोबस्तका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
 
भारतबाट नेपाली नागरिकको आउने क्रममा वृद्धि भएपछि नगरपालिकाले उनीहरुलाई शुक्रबारदेखि मावि निगौलको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप