पाकिस्तानको कराँची जेलमा ३ सय जना कोरोना सङ्क्रमित
एजेन्सी । पाकिस्तानको कराँचीस्थित जेलमा मात्रै तीन सय भन्दा बढी बन्दी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कराँची केन्द्रिय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा सङ्क्रमण फैलिएको अधिकारीहरु जानकारी दिएका छन् ।
शनिबार सार्वजनिक भएको विवरण अनुसार क्षमताभन्दा बढी कैदी राखिएकाले पनि धेरै जनामा सङ्क्रमण फैलिएको बताइएको छ ।कारागारका अधिकारीहरुले सङ्क्रमित र सङ्क्रमण नभएका कैदीहरुलाई अहिले छुट्टा छुट्टै राखिएको जानकारी दिएका छन् ।
चाडो चाडै सङ्क्रमण फैलिएको देखिएपछि अहिले अस्पतालका सवै कैदी, सुरक्षाकर्मी, प्रशासनिक कर्मचारीलगायतको पनि कोरोना परिक्षण गरिएको छ । कारागारमा पहिलो सङ्क्रमित यही मे ११ तारिखका दिन पुष्टि भएको थियो । त्यसपछि अरु केही व्यक्तिहरुमा देखिएको थियो ।
अहिले त्यो दिनप्रतिदिन बढ्दै गइरहेको पाइएको छ । शनिबारसम्ममा पाकिस्तानमा कोरोनाभाइरसबाट ५२ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी