बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दियाका भारतबाट आएका पुरुषमा  संक्रमण

शनिबार, १० जेठ २०७७, १८ : ४१
शनिबार, १० जेठ २०७७

बर्दियाको बढैया ताल गाउँपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ । 

केही दिनअघि भारतबाट आएर बढैया ताल गाउँपालिका ६ मैनापोखरस्थित शारदा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका बढैया ताल –७ का १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।


संक्रमितलाई उपचारका लागि कहाँ पठाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

यसअघि राजापुरकी ११ वर्षीया बालिका र गुलरिया नगरपालिका –११ घर भई काठमाडौँमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप