बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा ६६ वर्षीय क्यान्सर बिरामीले कोरोनालाई जिते

शनिबार, १० जेठ २०७७, १८ : २९
शनिबार, १० जेठ २०७७

एजेन्सी । भारतमा एकजना ६६ वर्षका क्यान्सर रोगीले कोभिड–१९ (कोरोना) लाई जितेका छन् । यसले कोभिडका विरुद्धको लडाईँमा एउटा सकारात्मक सन्देशको प्रवाह गरेको बताइएको छ । कोभिड १९ को संक्रमणमा परेका उनी एक हप्ताको अस्पताल बसाईपछि उनी आज डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमित उनको एक हप्ताको ब​साईपछि रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनी लखनउको केजिएमयु अस्पतालमा रहेका थिए । त्यहाँ एक हप्ताबसेपछि गरिएको पछिल्लो स्वास्थ्य जाँचमा रिपोर्ट नेगेटिभ आएको थियो । लखनउको किङ जर्ज मेडिकल युनिभर्सिटीका उपकुलपति एमएलबी भाटले सोही अस्पतालमा क्यान्सरको उपचार गराइरहेका ती बिरामीलाई कोभिड लागेको र निको भएको जानकारी दिए ।

उनले ती बिरामी सन् २०१९ को मे देखि अगष्ट महिनासम्म क्यान्सरको उपचार गराएका थिए ।क्यान्सर, सुगर, उच्चरक्तचाप लगायतका विरामीलाई कोभिड निको हुन समय लाग्ने या बाँच्ने सम्भावना पनि कम हुने भनिएका बेला ती विरामी भने हप्ता दिनमा नै निको भएर फर्किएकोले कोभिडका विरुद्धको लडाईँमा थप आशा जागेको भाटले बताए ।

भारतको उत्तर प्रदेश राज्यमा मात्र ५ हजार ७३५ जना कोभिडका संक्रमित छन् । यहाँका ३ हजार २३८ जना निको भएर घर फर्किएका छन् । यस प्रदेशका १५२ जना संक्रमितको कोभिड १९ बाट ज्यान गएको बताइएको छ । भारतमा शनिबार बिहानसम्म १ लाख २५ हजार भन्दा बढी मानिस कोरोना भाइरस संक्रमित रहेका बताइएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप