शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेको नरैनापुरमा एकैदिन २७ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमित संख्या १४२ पुग्यो

शनिबार, १० जेठ २०७७, १६ : ५९
शनिबार, १० जेठ २०७७

काठमाडौं । बाँकेको नरैनापुरमा एकैदिन २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

 नरैनापुरको मदरसाका १७ देखि ३२ वर्ष उमेर समूहका ६ जना, नरैनापुर ३, राष्ट्रिय प्रावि गेगलीमा गरिएको नमुना संकलनमा १६ देखि ३२ उमेर समूहका १५ जनामा पोजेटिभ देखिएको हो । यस्तै नरैनापुर कै १ मा २२ देखि ५० वर्ष उमेर समूहका ६ जनामा पनि पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । 

योसँगै बाँकेमा कूल संक्रमितको संख्या १४२ पुगेको ट । तीमध्ये २१ जना निको भएर घर फर्किसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप