शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बजार घुम्ने बढेपछि जुम्लामा लकडाउन कडा

शनिबार, १० जेठ २०७७, १५ : ५८
शनिबार, १० जेठ २०७७

जुम्ला । कोराना भाइरस रोकथामका लागि गरिएको लकडाउन उलंघन हुन थालेपछि जुम्ला प्रशासनले कडाई गर्न थालेको छ ।

प्रशासनले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा बजारमा प्रवेश निषेध गरेपनि सर्वसाधारणले अटेर गर्दा जोखिम बढ्नसक्ने भएपछि लकडाउन कार्यन्वयन गर्न बिहीबारबाट कडाइ गरेको हो ।

मानिसहरु अत्यावश्यक बस्तु किनमेल गर्ने बाहानामा बढी भिडभाड हुने गरेका कारण कडाई गर्नु परेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् उनले कोरोनाको रोकथामका लागि उच्च सतर्कता अपनाउने नागरिकको दायित्व भएपनि नागरिकहरु मास्क बिनै र कामै नपरी पनि हिँड्डुल गर्ने गरेकाले सुरक्षाकर्मीहरुलाई तैनाथ पारिएको जानकारी दिइन् ।

जुम्लामा दैनिक उपभोग्य बस्तु खरिदका लागी बजार खुल्ने समय विहान ७ देखी ९ बजे र दिउँसो ४ देखी साँझ ६ बजे सम्म निर्धारण गरिएको छ । जिल्लामा भित्रिएका व्यक्तिलाई एकीकृत क्वारेन्टाइनमा सुरक्षाकर्मीको निगरानीमा राखिएको छ । जुम्लामा हाल ४३ जना क्वारेन्टाइनमा राखिएका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप