शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

११९ जना पत्रकारको कोभिड बीमा

शनिबार, १० जेठ २०७७, १४ : २३
शनिबार, १० जेठ २०७७

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको जोखिममा काम गरिरहेका नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति अन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका ११९ पत्रकारको कोभिड पत्रकार बीमा गरिएको छ ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाको पहल एवम् मिसन मिडिया क्लबको आर्थिक सहयोगमा प्रति पत्रकार रु एक लाखको कोरोना बीमा गराइएको हो ।

उपत्यका प्रदेश समितिका महासचिव झाकाअनुसार आफ्नो प्रदेश अन्तर्गतका जिल्लामा आवद्ध क्रियाशील पत्रकारको बीमाका लागि मिसन मिडिया क्लबले ११९ जनाको बीमा शुल्क तिर्न सवै आर्थिक सहयोग गरेको जानकारी दिँदै बीमाका लागि प्रतिव्यक्ति रु ६ सय तिरिएको जानकारी दिए ।

उक्त बीमानुसार कुनै पत्रकार कोभिड-१९ संक्रमित भएमा बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सले रु १ लाख सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने महासचिव झाले बताए ।

यसअघि कोभिड संक्रमणको बढ्दो जोखिमसँगै मिसन मिडिया क्लबका अध्यक्षसमेत रहेका उपत्यका प्रदेश समितिका महासचिव झाले बीमा कार्यक्रम घोषणा गरेका हुन् ।

त्यस्तै दोस्रो चरणमा थप २५१ जनाको पनि कोभिड बीमाको आवश्यक तयारी लगभग पूरा भइसकेको  क्लबका कोषाध्यक्ष रीना महर्जनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप