शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन्  यूएईमा मानब तस्करी गर्ने ५१ नेपाली (नामावली सहित)

मङ्गलबार, २० भदौ २०७४, १० : २३
मङ्गलबार, २० भदौ २०७४

युएई–संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले ५१ जना मानब तस्करी गर्ने नेपालीहरूको नाम सार्वजनिक गरेको छ ।
दूतावासले विज्ञप्ति जारी गर्दै अवैधानिक रुपमा नेपाली कामदार ओसारपसारमा संलग्न ५१ जना दलाल र तस्करहरुको नाम सार्वजनिक गरेको हो । दूतावासले नेपाली कामदारको शोषण र तस्करी गरेको आरोप लागेका म्यानपावर कम्पनी र ट्राभल एजेन्सीको नामपनि सार्वजनिक गरेको छ । दूतावासका अनुसार नेपालीलाई युएई ल्याई अलपत्र पार्ने दलाल राजिव मल्ल, केशव शिवाकोटी,रेणु शिवाकोटी शाह तेली, इश्वर श्रेष्ठ ,टंक सुवेदी, क्यापिटल रिक्रुटमेन्ट सर्भिसेस लि, सुनिता थापा, राकेश खडायत, छन् ।
 त्यस्तै  कुवेर रानाभाट, विवेक श्रेष्ठ र सुभाष श्रेष्ठ (अन्नपूर्ण ट्राभल, नेपाल), हरिशरण दास, पुष्कर कार्की, देवेन्द्र गौतम, भक्तिराम कोइराला, राजकुमार लामा, भीम बहादुर सुनार, रामकृष्ण थापामगर र रामेश कुँवर(धादिङ्ग) प्रविण नरसिंह राना, पिताम्बर पराजुली, प्रजिल पराजुली, साजन पाण्डे, प्रताप लिम्बु, इसराफुल शाह, उम(अल(क्विन,लक्ष्मण परियार,रोजन (सुब्बा) मगर, नरबहादुर (निसान) घले, सोनाम लामा लगायत  छन् ।
उनीहरूले आकर्षक तलब र राम्रो काम लगाइदिने बहानामा झुक्याएर ७१ जना नेपाली हरूलाई पर्यटक भिषामा युएई ल्याई अलपत्र पारेको दुतावासमा तथ्यांक छ । अलपत्र परेका ३३ जना महिला र ३८ जना पुरूषको नेपाली दूताबास आबुधावीले उद्धारपछि नेपाल फर्काइ सकेको जनाएको छ । 
सार्वजनिक गरिएका  दलाल तथा मानब तस्करहरूलाई दूतावासले कार्बाही गर्ने तयारी गरेको सोमबार जारी विज्ञप्तिमा छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप