शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी भएको थियो पाकिस्तानमा यात्रुवाहक विमान दुर्घटना, हेर्नुहोस् सीसीटीभी फुटेज

शनिबार, १० जेठ २०७७, ०९ : ५८
शनिबार, १० जेठ २०७७

पाकिस्तानको कराँचीमा शुक्रबार भएको यात्रुवाहक विमान दुर्घटनाको सीसीटीभी फुटेज बाहिर आएको छ जसमा उक्त विमान विमानस्थलमा ल्यान्डिङ गर्नुअघि एक आवासीय​ क्षेत्रमा खसेको देख्न सकिन्छ ।

बीबीसी उर्दूका जीशान हैदरले यस घटनाको सीसीटीभी फुटेज ट्वीट गरेका छन् जसमा विमान दुर्घटना भएको देख्न सकिन्छ । जीशानले ट्वीटमा विमानको इन्जिनमा आगो लागेको नदेखिएको बताएका छन् ।

पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको ए३२० एयर बस विमानले लाहोरबाट कराँचीका लागि उडान भरेको थियो । यस विमानमा ९९ जना सवार थिए । यसमध्ये ९७ जनाको मृत्यु भएको तथा २ जना दुर्घटनामा बाँच्न सफल भएको सिन्धका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै डन डटकमले जानकारी दिएको छ ।

लाहोरबाट कराँची पुगेपछि विमानस्थलमा अवतरण गर्नुभन्दा ठीकअघि यो विमान आवासीय क्षेत्र जिन्नाह गार्डेन मोडल कोलनीमा खसेको थियो । यो विमानस्थलबाट मात्र ३.२ किलोमिटर टाढा रहेको छ ।

दुर्घटनाअघि विमान चालकले इन्जिन खराब भएको र विपत्तिको संकेत ‘मेडे’ जारी गरेका थिए । पीआईएका मुख्य अधिकारी एयर भाइस मार्शल अरशद मलिकले पाइलटले ट्राफिक कन्ट्रोलरलाई विमानमा प्राविधिक समस्या आएको जानकारी गराएको बताए । लाइभएटीसी डट नेटमा पोष्ट गरिएको एटीसीको कथित रेकर्डिङमा पाइलटले विमानको दुवै इन्जिनले काम गर्न छाडेको भन्दै दुर्घटनाको ठीकअघि ‘मेडे मेडे मेडे’ भनेको सुन्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप