बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘युद्ध’ शब्दविनाको युद्ध नै तेस्रो विश्वयुद्व

मङ्गलबार, २० भदौ २०७४, १० : १२
मङ्गलबार, २० भदौ २०७४

उच्चारण नगरिए पनि मध्यपूर्व तेस्रो विश्वयुद्वमा छ 
 

बाराक ओबामाको १० सेप्टेम्बर २०१४ मा इस्लामिक आतङ्कवादीविरुद्धको युद्धको पुनः घोषणामा एउटा शब्द टड्कारो रुपमा अनुपस्थित थियो । त्यो हो– ‘युद्ध’ । प्राविधिक र मन्त्रमुग्ध पार्ने शब्दहरुको जङ्गलले हामीलाई यथार्थबाट ध्यान अन्यत्र लान खोज्छ तर हामीले यथार्थबाट ध्यान मोड्न मिल्दैन । 

इजरायलले प्यालेस्टाइनको गाँजा क्षेत्रमा गरेको कुकृत्यलाई कथित ‘अभियान’ भनेर दावा गरिन्छ । इजराइललाई अमेरिकाको घिनलाग्दो समर्थन प्राप्त छ, जसमा इजराइलीद्वारा गरिने सबै कुकृत्यलाई अमेरिका ‘अभियान’ शब्दको प्रयोग गर्छ । 

वास्तवमा स्तम्भकारले थाहा पाएदेखि बेलायत संसारभर मान्छे मार्न संलग्न भइरहेको यथार्थ भए पनि मेरो देशले अन्तिम पटक अर्को देशमा युद्ध घोषणा सन् १९४२ मा सियाम (थाइल्यान्ड) विरुद्ध गरेको थियो । उदाहरणका रुपमा अमेरिकाले भियतनाममा युद्ध ‘घोषणा’ समेत गरेन । 

‘युद्ध’ शब्द अब थोत्रो र नबिक्ने शब्द भएको उनीहरुले ठम्याइसकेका छन् । दोस्रो विश्व युद्धयता हामी द्वन्द्वलाई भौगोलिक रुपमा सीमित र नियन्त्रित गर्न सक्ने कुरामा ढुक्क हुन थालेका छौँ । ‘युद्ध’ शब्द उच्चारण गर्न सङ्कोच मान्नुको पछाडि आंशिक भए पनि कानुनी र नैतिक कारण छ ।

युद्धको घोषणाका लागि उच्च मात्राको राजनीतिक सहमति, संसदमा भोटको आवश्यकता जस्ता प्रक्रियाको झन्झटले उनीहरुलाई युद्ध शब्द घोषणा नगरिकन युद्ध मच्चाउन लालायित बनाएको देखिन्छ । जस्तै– भियतनाम युद्धलगतै सन् १९७३ मा अमेरिकी कङ्ग्रेसले ‘युद्ध अधिकार कानुन’ पास गर्यो । 

इराकमा पश्चिमको यति धेरै सैन्य हस्तक्षेपको मूल समस्या सफलता कस्तो हुनेछ भन्ने हल्का धारणासमेत नहुनु हो । आईएसमाथि बम हमला भयङ्कर ज्वालालाई कोट्याए जस्तो हो । जसलाई आजकल बढ्दो रुपमा तीस वर्षे युद्धको नापोमा तुलना गर्न थालिएको छ । 

जसले सैन्य द्वन्द्वमा फौजलाई ६० भन्दा बढी दिन खटाउन पाउने राष्ट्रपतिको अधिकारमा समेत कटौती गरिदियो । तर यो विधेयक राष्ट्रपतिको निर्णयलाई चुनौती दिन कहिल्यै प्रयोगमा ल्याइएन ।

यसका साथै युद्धको औपचारिक घोषणाले न्याय युद्ध परम्पराको बहसहरु अवश्यम्भावी बनाइदियो । स्तम्भकार यो परम्परामा साधारणतया विश्वास गर्दैन । कारण म यो परम्पराले साच्चै युद्ध रोकेको घटना एउटा पनि पाउँदिन । 

यसको विपरीत जब पायक पर्छ अर्थात जब न्याय युद्धले युद्धलाई वैधता दिन्छ भन्ने विश्वास गरिन्छ तब जुनसुकै समय यसलाई अख्तियारीको रुपमा देखाइन्छ । अर्को शब्दमा भन्दा अभ्यासमा न्याय युद्ध एउटा एकतर्फी बाटो हो ।

यो संयोग होइन, न्याय युद्ध सम्राट कन्स्टयान्टिनले त्यो समय विकास गरेका हुन् जतिबेला उनले आफूले शासन गरिरहेको रोमन साम्राज्यलाई क्रिस्चियन नामकरण गर्ने निर्णय गरेका थिए । 

दुनियाले थाहा पाएको इतिहासकै ठूलो युद्ध मेसिन (रोमन साम्राज्य)को नेतालाई अधिकांश इसाई युद्ध विरोधी रहेको तथ्य लाज्जाको विषय मान्छन् । 

त्यसैले न्याय युद्ध आफैमा इसाई नामकरणपछि पनि रोमन सेनालाई लाडाइँ थालिराख्न सृजना गरिएको थियो । यो विचार अघिसार्ने तत्कालीन धर्मगुरुहरु निश्चय नै बुद्धिमान थिए तर तिनीहरु सैन्य घरानाको ‘उपयोगी मूर्ख’ भन्दा बढी केही भएनन् ।

म आईएस विरुद्धको बम हमलाको विरोधी होइन । बरु म पश्चिमी सरकारहरु किनारामा बसेर हेर्नेभन्दा बढी गर्न सक्छौँ भन्ने स्वीकार्न हिम्मत गर्नुपर्छ भन्ने सोच्छु । किनकि यो कार्य हामीले कुनै पनि समय कल्पेभन्दा निक्कै ठूलो युद्ध भएको छ । 

तर मेरो शङ्काका बाबजुद न्याय युद्धको एक पक्ष उठाउनु र पश्चिम एसियाको हालको द्वन्द्वमा लागू गर्नु आझै पनि उपयोगी देखिन्छ । न्याय युद्धलाई समानुपातिक मात्र होइन जितको प्रशस्त सम्भावना पनि चाहिन्छ । 

इराकमा पश्चिमको यति धेरै सैन्य हस्तक्षेपको मूल समस्या सफलता कस्तो हुनेछ भन्ने हल्का धारणासमेत नहुनु हो । आईएसमाथि बम हमला भयङ्कर ज्वालालाई कोट्याए जस्तो हो । जसलाई आजकल बढ्दो रुपमा तीस वर्षे युद्धको नापोमा तुलना गर्न थालिएको छ । 

सिया र सुन्नीबीचको सम्प्रदायिक द्वन्द्व जसलाई इरानी इस्लामिक क्रान्तिले सुरु गर्योे र पछि झुर सल्लाहकारहरुले गर्दा पश्चिमाको इराक हमलाले झनै विकराल बनायो अमेरिकी स्वचालित ड्रोन र हवाई आक्रमणको समाधानको शैलीले स्वीकारे भन्दा निक्कै माथिल्लो स्तरको परिणाम देखाएको छ । 

हामीले सम्पूर्ण पश्चिम एसिया र त्यसको पारी अफ्रिकासम्म फैलिएको एउटा ठूलो राजनीतिक ‘टेक्टोनिक प्लेट’को स्थानातरण देखिरहेका छौँ । पश्चिमाको जाने सुनेको शस्त्र आक्रमणको सहभागिताले हामीले नी केही गरेका थियौँ भन्ने अल्प–अवधिको सन्तुष्टीभन्दा बढी केही मात्र ल्याउँदैन सायद । 

म आईएस विरुद्धको बम हमलाको विरोधी होइन । बरु म पश्चिमी सरकारहरु किनारामा बसेर हेर्नेभन्दा बढी गर्न सक्छौँ भन्ने स्वीकार्न हिम्मत गर्नुपर्छ भन्ने सोच्छु । किनकि यो कार्य हामीले कुनै पनि समय कल्पेभन्दा निक्कै ठूलो युद्ध भएको छ । 

आतङ्कवाद वा नियन्त्रित द्वन्द्वबारेको तर्क वितर्कले समेट्नेभन्दा निक्कै पर गइसकेको छ । दोस्रो विश्वयुद्धदेखि हामीले ठूलो युद्ध विगतका कुरा भयो भन्ने सुनेर हुर्कियौँ । तर अब त्यो अवस्था रहेन । यो तेस्रो विश्वयुद्ध हो । यो पटक पश्चिमा मूल शक्ति यसको किनारामा छौँ ।

अनुवाद : सुवर्ण उप्रेती
बेलायती पत्रिका गार्जियनबाट अनुवाद गरिएको ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गाइल्स फ्रेसर
गाइल्स फ्रेसर
लेखकबाट थप