शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटीको 'बालसंसार'मा रचना पठाउनुहोस्

शुक्रबार, ०९ जेठ २०७७, २२ : ४६
शुक्रबार, ०९ जेठ २०७७

काठमाडौं । हरेक मान्छेमा प्रचुर सृजनशीलता हुन्छ । तर आफ्नो सिर्जना प्रस्फुटन गर्न पनि कुनै न कुनै माध्यम चाहिन्छ । अझ बालबालिकाले आफ्नो सिर्जना प्रस्फुटन गर्ने कुनै माध्यम पाए भने थप हौसला प्राप्त हुन्छ र उनीहरुले आफ्नो सृजनशीलतालाई निखार्न थप सहयोग पुग्छ । 

यसैपनि अहिले लकडाउनको समय छ । विद्यालय बन्द भएर फुर्सदिला रहेको बालबालिकाले यो बखत बाल कथा लेख्न सक्छन् । कविता लेख्न सक्छन् या निबन्ध लेख्न सक्छन् । थरीथरीका चित्र  पनि कोर्न सक्छन् ।

आफूले गरेको रचना वा सिर्जना कतै छापियोस् भन्ने चाहना पनि हुन्छ । त्यसका लागि बालबालिकाले आफ्नो अभिभावकको सहायता लिएर रातोपाटीलाई पठाउन सक्नुहुन्छ । रातोपाटीले आफ्नो बालसंसार पृष्ठमा स्थान दिनेछ । 
रातोपाटीका संस्थापक प्रधान सम्पादक ओम शर्माले आफ्ना बालबालिकाले कोरेको चित्र, लेखेका बाल कविता, कथा जस्ता विविध सिर्जनात्मक र रचनात्मक बाल सामग्रीलाई रातोपाटीले बालसंसार पृष्ठमा स्थान दिने बताए । 

बालबालिकाको रचना र सृजनामात्रै होइन बाल संसार पृष्ठमा सामान्य ज्ञानसम्बन्धी जानकारी, विभिन्न बालकथा, नीति कथा, प्रेरक कुरा, अनौठो कुरा र विविध विषयवस्तुबारे पढ्न सकिन्छ । जसले बालबालिकामा ज्ञानको दायर बढाउन सहयोग पुर्‍याउन सक्छ ।

के तपाईंहरु आफ्ना सृजना तथा रचना रातोपाटीलाई पठाउन चाहनुहुन्छ ? चाहनुहुन्छ भने [email protected][email protected] मा इमेल गर्न सक्नु हुनेछ । सक्नुहुन्छ आफै पठाउनुस्, आफूलाई इमेल चलाउने ज्ञान छैन भने पनि केही छैन आफ्ना अभिभावकलाई भनेर माथि दिइएको ठेगानामा पठाउनु हाेला नि है ! सामग्री पठाउँदा आफ्नो नाम, ठेगाना, स्कुल र कक्षाका साथै उमेर पनि पठाउन नभुल्नु है ! 

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप