शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तत्कालीन राजपाका नेताहरु बैठकपछि पनि आफ्नो अडानमा कायमै

शुक्रबार, ०९ जेठ २०७७, २० : ०१
शुक्रबार, ०९ जेठ २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालमा नेतृत्वको विवाद कायमै छ । तत्कालिन समाजवादी पार्टीले गरेको प्रस्तावबारे छलफल गर्न तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालको आज बैठक बसेको थियो ।

सो बैठकले समाजवादी पार्टीको प्रस्तावलाई अस्वीकार गरेको छ । र, आफ्नो पार्टीले गरेको प्रस्तावमा अडिग रहेको छ । समाजवादी पार्टीले जसपा नेपालको संयोजकमा महन्थ ठाकुर, संघीय परिषद्को अध्यक्षमा डा.बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव रहने गरी पार्टी दर्ता गराउन प्रस्ताव गरेको थियो । 

यता राजपा नेपालले दुवै पार्टीबाट बराबर हैसियतमा एक एकजना राखेर पार्टी दर्ता गराउन प्रस्ताव गरेको छ । अध्यक्षमा महन्थ ठाकुर र संघीय परिषद्मा समाजवादी पार्टीबाट राख्ने राजपा नेपालको प्रस्ताव रहेको छ । 

यदि संघीय परिषद्मा भट्टराई रहने र केन्द्रीय कमिटीको अध्यक्षमा उपेन्द्र यादव रहने हो भने कार्यकारीणी समितिको अध्यक्षमा राजेन्द्र महतो रहने राजपा नेपालका एक पक्ष नेताको दावी छ । 

तर त्यो विवादमा जानु भन्दा राम्रो दुवै पार्टीबाट एक एकजना राखेर दर्ता गराउनु उपयुक्त हुने राजपा नेपालका एक नेताले बताए । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप