शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा प्रदेशसभा सदस्यको कोरोना परीक्षण

शुक्रबार, ०९ जेठ २०७७, १८ : ५७
शुक्रबार, ०९ जेठ २०७७

भक्तपुर । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा वागमती प्रदेशका प्रदेशसभा सदस्यको आज पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । 
भक्तपुरबाट प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य शशीजङ्ग थापा, कृष्णलाल भडेल, सरस्वती बाटी, प्रतिमा श्रेष्ठ, रजनी जोन्छेको स्वाब सङ्कलन गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । वागमती प्रदेशमा प्रतिनिधित्व गर्ने विभिन्न जिल्लाका प्रदेशसभा सदस्य कुसुमकुमार कार्की, इन्द्र बनियाँ, राधा घले, मणिराम फुयाल, दीपेन्द्र श्रेष्ठ, विजय केसी, निमा लामा, प्रभात तामाङ, सीता अधिकारी, पुकार महर्जन, विजया केसीलगायतको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको नगर प्रमुख श्रेष्ठले बताए ।

कोरोनाको सङ्क्रमण र जोखिम बढ्दै गएपछि प्रदेशसभा सदस्यको कोरोना परीक्षण गरिएको हो । कोरोनाको महामारीको बेलामा समेत मानवीय सेवामा समर्पित रहेको भन्दै भैरहवा निवासी ८१ वर्षीया खगिसरा घिमिरेले आरएनए १६ समूहका अरुण सैंजु र राजेश गाईजुलाई रु ५० हजारसहित विभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । 

सरकारले लकडाउन गरेदेखि भक्तपुर अस्पतालमा नियमितरुपमा कोरोनाको परीक्षण एवं उपचारमा निरन्तर सघाउँदै आएका एवं कोरोनाबाट पहिलोपटक मृत्यु हुने सुत्केरी महिलाको शव धुलिखेल अस्पतालबाट पशुपति लगेर दाहसंस्कार गर्ने सैंजु र गाईजुले मानवीय सेवाको काम गरेको भन्दै सहयोग गरिएको हो । 

दिवङ्गत पति थानेश्वर घिमिरे र आफ्नै नाममा स्थापित स्वर–सरा घिमिरे प्रतिष्ठानको तर्फबाट सहयोग गर्दै उनले विपद्को घडीमा उनीहरुले उदाहरणीय काम गरेर देखाउनुभएकाले उनीहरुलाई प्रोत्साहन गर्न सहयोग गरेको जानकारी दिए । 
घिमिरेले एसियन फर्मा स्युटिकल्स र एनसिभीको समन्वयमा आठ थान पिपिई र ६० थान स्यानिटाइजरसमेत आरएनए १६ समूहलाई उपलब्ध गराएका हुन् । फर्मा स्युटिकल्सका दिपेश प्रधान र एनटिभीका यादव गौतमले भक्तपुर सूर्यविनायकस्थित सेनाको वीरदल गणमा पुगेर समूहलाई नगद र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । नेपाल स्काउटका रोबर लिडर गाईजू र स्काउट मास्टर सैंजुको समूहलाई वीरदल गणले आपत्कालीन शव व्यवस्थापनको तालिम  दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप