शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

'नेपालमा फैलिने कोरोना महामारी र भारतमा भोकै मर्ने नेपालीको नेपाल सरकार जवाफदेखि हुनुपर्छ'

शुक्रबार, ०९ जेठ २०७७, १८ : २१
शुक्रबार, ०९ जेठ २०७७

काठमाडौं । नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतले चेक जाँच नगरी गलत बाटोबाट नेपाल प्रवेश गर्दा  भविष्यमा नेपालमा हुन सक्ने महामारीको र विदेशी भूमिमा भोकै मर्न बाध्य नेपालीको जवाफदेखि नेपाल सरकार हुने चेतावनी छ ।


समितिका अध्यक्ष एवम् काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले शुक्रबार एक विज्ञप्ति जारी गरी यस्तो बताएका हुन् । केही दलालबाट बस तथा जीपमा नेपाल पुराइदिने भन्दै चर्को भाडा असुली गर्ने काम भइरहेको बारे त्यहाँ रहेका नेपालीलाई सचेत गराए ।

भारतका रहेका नेपालीहरुलाई अहिले बसिरहेको ठाउँमा सुरक्षित रहेर बस्न आग्रह गर्दै उनले केही दलालहरूबाट बस तथा जीपमा नेपाल पुराई दिने भन्दै चर्को भाडा असुली गर्ने काम भइरहेको बताए ।                                                           

पहिलो चरण को लकडाउन देखि निरन्तर भारतका रहेका नेपालीको सेवा सुविधामा सिंगो संगठक तौनाथ भएर सक्दो सेवा गर्दै आएको भन्दै आगामी दिनमा पनि सहयोग गर्ने बताए । अहिलेसम्म थुप्रै पीडित नेपाली नागरिकहरुलाई राहत तथा उद्धार गरिसकेको पाण्डेले बताए । उनका अनुसार फेरी पनि हाम्रो संगठनबाट राहत तथा उद्धार अभियान सुचारू रहनेछ । 

नेपाल सरकार तथा भारत सरकारको अपैचारिक तथा आधिकारिक रूपमा सीमा संचालन​बारे कुनै सम्झौता नभएकोले स्वदेशमा सहज प्रवेशको वातावरण नरहेको पाण्डेले बताए ।

हजारौंको संख्यामा केही दिनदेखि सीमावर्ती मा अलपत्र र पीडामा परेका भन्दै  ठूलो संख्यामा एकैसाथ  कुनै वेवास्था नभइ  नेपाल फर्किँदा महामारी हुने  भोकले मर्ने डरले जाँदै गर्दा रोगले मर्ने झन खतरा हुने उनको भनाइ छ ।

पाण्डेले विज्ञप्मिा भनेका छन्, 'एक जना पनि कोरना संक्रमण भएको भए सबैलाई सर्ने र नेपालमा पनि महामारी हुने खतरा भएकोले हामी नेपाल पनि जानु छ। नेपालमा हुन सक्ने महामारीलाई पनि सावधानी अपनाउनुहुन अनुरोध छ ।' 

उनका अनुसार सीमानामा रहेका नेपाली नागरिकलाई स्थानीय सरकारसँग वार्ता गरी नेपाल प्रवेश गराउने पहल भइरहेको छ । नेपाल मा पनि कोरना को चाप दिनप्रति दिन बढ्दै गएकोले नेपाल सरकारले सिमानामा चेक जाँचको प्रक्रियालाई कड़ाई गर्न निर्देशन दिएको कुरा उनले जानकारी गराए ।

विज्ञप्तिमा भनिएको छ, 'जबसम्म नेपाल र भारत सरकारको अधिकारी सूचना सार्वजनिक हुँदैन तब सम्म तपाईहरू जहा हुनु हुन्छ तेहि सुरक्षित बसि दिनु होला अफबाह र दलालको लै लै मा नलाग्न समस्त प्रवासी नेपाली नागरिक हरू मा हार्दिक अपील गर्दछौँ।' 

नागरिकहरुलाई ठगी तथा झूटा प्रलोभन र आश्वासन देखाइ समस्यामा पार्ने दलाललाई होसियार रहन रहन चेतावनी दिए । नेपाल सरकारलाई  पटक पटक अनुरोध गरि रहँदा पनि प्रवासमा रहेका नेपालीहरु प्रती वास्ता नगरको उनको गुनासो छ ।

खुला सीमा भएकोले नेपाल चेक जाँच नगरी धेरै नेपाली नेपाल प्रवेश गरेको सूचना प्राप्त भएकोले  नेपाल दूतावास, प्रदेश र स्थानीय सरकारलाई आफ्नो श्रोता साधन  निश्चित मापदण्ड पूरा गरि प्राथमिकताका आधारमा  नेपाल जाने वेवास्था गर्न पाण्डेले आग्रह गरे । 
                    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप