शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

४० जिल्लामा फैलियो कोरोनाभाइरस : कुन जिल्लामा कति संक्रमित, कति निको भए ? (तथ्यांकसहित)

शुक्रबार, ०९ जेठ २०७७, १८ : १९
शुक्रबार, ०९ जेठ २०७७

काठमाडौं । शुक्रबारसम्म नेपालका ४० जिल्लामा गरी ५०७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ७० जना स्वास्थय लाभ गरी घर फर्किसकेका छन् । बाँकी ४३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था हालसम्म सामान्य रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित बाँके जिल्लामा रहेका छन् । बाँकेमा शुक्रबारमात्रै १४ जना संक्रमित थपिँदै कूल संक्रमितको संख्या ११५ जना पुगेको छ । यस्तै २१ जना शुक्रबार नै निको भएर घर फर्किएका छन् । बाँकेपछि सबैभन्दा धेरै संक्रमित पर्सा जिल्लामा ९१ जना रहेका छन् । पर्सामा ३ जना निको भइसकेका छन् । 

यसबाहेक हालसम्म रुपन्देहीमा २९, उदयपुरमा ३३, कपिलवस्तुमा ६९, काठमाडौंमा १२, धादिङमा २, कैलालीमा ७, बारामा ४, धनुषामा    ९, रौतहटमा २२, बाग्लुङमा २, चितवनमा ५, झापामा    ३५, महोत्तरीमा ३, भक्तपुरमा    ३, बर्दियामा २, भोजपुरमा १, कञ्चनपुरमा १ जना कोरोना संक्रमित फेला परेका छन् । 

यसैगरी नवलपरासी (पश्चिम) मा ६, सप्तरीमा १, सर्लाहीमा १९, नवलपुरमा २, मकवानपुरमा २, दाङमा ५, काभ्रेमा    १, सिरहामा १, सिन्धुपाल्चोकमा १, मोरङमा ५, धनकुटामा    ७, गुल्मीमा १, खोटाङमा १, दैलेखमा    १, सुनसरीमा ३, ललितपुरमा १, लमजुङमा १, रामेछापमा १, सिन्धुलीमा    १, बैतडीमा १ र डडेलधुरामा पनि १ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सिन्धुपाल्चोक, गुल्मी र बाँकेका एक–एक गरी ३ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये बैतडी र डडेलधुरामा शुक्रबारमात्रै थपिएका हुन् । 

मन्त्रालयका अनुसार बाँके २१ र पर्साका ३ सहित रुपन्देहीमा एक जना निको भएका छन् भने उदयपुरमा २३, काठमाडौंमा ९, कैलालीमा ४, रौतहटका १, बागलुङमा २, चितवनमा २, झापामा २, भोजपुरमा १ र  कञ्चनपुरमा १ जना निको भएका छन् । 

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ८ सय १९ जनाको नमुना परीक्षण भएको छ । आरडिटी विधिबाट ३ हजार ४ सय २१ जनाको परीक्षण भएको छ । अहिलेसम्म विधिबाट ४२ हजार ४ सय ८८ र आरडिटी विधिबाट ८२ हजार १ सय १६ जनाको नमुना परीक्षण भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप